काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0