काठमाडौँ । उडान अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही गरेर तत्काल टिकट काट्न रोक लगाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको छ । तर एयर एसियाको काठमाडौँ उडान अनुमति शनिबारसम्मका लागि मात्रै थियो ।

अनुमति विना काठमाडौँ नजिक आएपछि विमानलाई ३७ मिनेट आकाशमा होल्ड गरिएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई ख्याल गर्दै अवतरण गर्ने अनुमति दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0