२१ कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब तरलता खिच्ने भएको छ ।

२१ दिन अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्ने भएको हो ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै अधिक तरलता भएपनि निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले बुधबार एकैदिन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ ।

निक्षेप संकलन उपकरणका साथै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा मार्फत समेत तरलता खिचिरहेको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर तल झरेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0