१६ मंसिर, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बिहानै ७ बजेदेखि सबै मतदान केन्द्रमा सुरु भएको छ । गाउँपालिकाका १३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत शम्भुप्रशाद बरालका अनुसार मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए ।

मतदान साँझ ५ बजेसम्म जारी रहने छ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख निर्वाचन अधिकृत बरालले आग्रह गरे ।

उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार जाना शाहीले कोट माबी रोडिकोटमा मतदान गरेकी छिन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार देवकी तिमल्सिना र नेपाली कांग्रेसकी उम्मेदवार सबिता बुढाले अंशुबर्मा आधारभूत विद्यालय राहदेव मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मुचुल्का गरेर मतपेटिका हिमज्योतीमा ल्याइनेछ र उक्त केन्द्रमा मतगणना गरिने छ ।
गाउँपालिकामा ६ हजार ८१० मतदाता रहका छन् ।

सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जानेक्रममा दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0