दिनेश पाण्डे!
१९ पुष, दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नं. १५, ओमशान्ती टोलमा २०८१ मंसिर ६ गते ५८ वर्षीय धर्म बहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि धारिलो हतियार प्रयोग गरी नाक काटेर घाइते बनाउने घटना सार्वजनिक भएको थियो। यो घटना मात्र अपराध होइन, सामाजिक सुरक्षा र नागरिकको बाँच्न पाउने अधिकारमाथिको गम्भीर हमला हो।

घटनामा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला समिति दाङका सचिव क. अमर भनिने ४५ वर्षीय अमर खड्कालाई दाङ प्रहरीले २०८१ पुष १७ गते घोराही उपमहानगरपालिका वडा नं. १९ बाट पक्राउ गरेको छ। घटनालगत्तै फरार रहेका खड्कालाई प्रहरीले लामो खोजतलासपछि नियन्त्रणमा लिएको हो।

खुलेआम अपराध: सामाजिक सुरक्षा माथिको चुनौती

आफ्नो राजनीतिक हैसियत र दबदबालाई आधार बनाएर नागरिकमाथि यस्तो आक्रमण गरिनु सामाजिक सुरक्षाको प्रश्न खडा गर्ने घटना हो। दिनदहाडै सार्वजनिक स्थलमा यस्तो हिंसात्मक अपराध हुनुले समाजमा कानूनी शासनप्रति नागरिकको विश्वास कमजोर भएको देखाउँछ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको यस्तो आपराधिक गतिविधि समाजका लागि गम्भीर चुनौती हो। यसले केवल पीडित परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई भय र असुरक्षाको वातावरणमा धकेल्छ।

प्रहरीको कदम र सामाजिक उत्तरदायित्व

घटनाको अनुसन्धान र अपराधीको पक्राउमा प्रहरी प्रशासनले देखाएको तत्परता सराहनीय छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाको कमाण्डमा खटिएको टोलीले गरेको अनुसन्धान र पक्राउले कानूनी शासन अझै जीवित छ भन्ने सन्देश दिएको छ।

सामाजिक सुरक्षाको सन्देश

यस प्रकारका घटनाले समाजमा डर र अस्थिरताको स्थिति सिर्जना गर्छ। नागरिक सुरक्षालाई प्राथमिकता दिनु राज्यको दायित्व हो। यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी कठघरामा उभ्याई कडा सजाय दिएर मात्र समाजमा शान्ति र सुरक्षित वातावरण सुनिश्चित गर्न सकिन्छ।

सरकार, सुरक्षा निकाय र नागरिक समाजले यस्तो घटनालाई गम्भीरतापूर्वक लिँदै कानूनी शासनको कार्यान्वयन र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता छ।

घटनाको थप अनुसन्धान जारी रहेको छ। यसबारे थप विवरण आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0