२३ मंसिर, काठमाडौं । धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको अवस्था अझै अज्ञात रहेको छ ।
धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा पर्दा चालक र सहचालक बेपत्ता भएका हुन् ।
सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
अज्ञात अवस्थामा रहेका चालक र सहचालकको खोजी कार्य जारी रहेको उनले बताए ।
ग्यास बुलेट दुर्घटनामा परेको क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1