काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलेको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम मंगलबार सकिएको हो ।
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित बैठकको समापन गर्दैछन् । अहिले ओलीले बैठकमा सम्बोधन गरिरहेका छन् ।
आगामी माघदेखि तीन महिने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1