८ माघ, काठमाडौं । त्रिविको कीर्तिपुरस्थिति केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ । पाँच विद्यार्थी संगठन र क्याम्पसबीच ताला खुलाउने सहमति भएको हो ।
‘आज सहमति भएपछि ताला खुलेको छ । विद्यार्थीले उठाएको विषयको छानबिन गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ,’ क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले भने ।
एनपीएलको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोप लगाउँदै छानबिनको माग राखेर पाँच वटा विद्यार्थी संगठनले २५ मंसिरमा क्याम्पसमा ताला लगाएका थिए ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियले ताला लगाएका हुन् । सहमतिपछि विद्यार्थीहरूले तला खोलेको बताएका छन् ।
‘उच्चस्तरीय समिति बनाएर छानबिन गर्ने सहमति भएपछि ताला खोलेका हौँ,’ त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले भने ।