काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठकअघि अखिल क्रान्तिकारीका भावी अध्यक्षका दाबेदारहरूसँग छलफल गरेका छन् । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि अनलाइनमार्फत मंगलबारदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि सहमतिबाट नै अध्यक्ष लगायत पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप पार्टी अध्यक्षले बोलाएको अध्यक्षका एक प्रत्याशीले रातोपाटीलाई बताए ।

‘पदाधिकारी बैठकअघि अध्यक्ष प्रचण्डले बोलाउनुभएको थियो । सहमतिबाट नेतृत्व चयन हुने सम्भावना के छ भनेर भन्नुभयो । मैले आफ्नो कुरा राखेर आएँ । सहमति भए ममा केन्द्रित भएर होस् नभए निर्वाचन प्रक्रियामा जाने भनेर आएको छु । मेरो प्रस्तावप्रति उहाँ सकारात्मक हुनुभएको छ । पदाधिकारी बैठकमा छलफल गर्छौं भन्नुभएको छ’, ती नेताले भने ।

अध्यक्षका प्रत्याशीसँग कुराकानी गरेपछि अहिले प्रचण्ड निवास खुमलटारमा बैठक बसिरहेको छ । अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत आकांक्षी छन् । यता निवर्तमान उपाध्यक्ष पवन कार्की समूहका उपदेश यादव र सञ्जीव फुँयालले पनि अध्यक्षमा दाबी गरेका छन् । सहमतिबाट नेतृत्व छनोटका लागि ३२ वर्ष उमेर हदबाट बाहिरिएका नेताहरूलाई समेत प्रचण्डले खुमलटार बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0