१३ माघ, काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउने भएको छ ।
माघ २० गतेदेखि २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा आउन लागेको हो ।
एनएलजीका कार्यालयहरु बिराटनगर, विरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीबाट फारम लिन र आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक सूचनामार्फत जनाएको छ ।
काठमाडौंमा क्यापिटलको कमलपोखरी शाखाबाट आवेदन दिन सकिनेछ । संस्थापक समूहको सेयरमा कम्तीमा १ हजर र सर्वसाधारण समूहकोमा कम्तीमा १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले मंसिर ११ देखि हकप्रद सेयरमा आवेदन खुलाएको थियो । तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो ।