११ माघ, काठमाडौं । यो साता सेयर बजार २.५५ प्रतिशत बढेको छ । गत साता २५८८ मा रहेको बजार यो साता ६६ अंक बढेर २६५४ मा बन्द भयो ।

यो साता पहिलो दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार ११.१० अंक घट्यो ।

बजार बढ्दा कारोबार रकमले पनि साथ दिएको छ । आइतबार ६ अर्ब २५ करोड, सोमबार ६ अर्ब ५७ करोड, मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको भयो ।

यो साता फाइनान्स बाहेक सबै सेक्टर बढेका छन् । फाइनान्स सेक्टर भने २.८४ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर सबैभन्दा धेरै घटेको थियो । यो साता अन्य सेक्टर सबैभन्दा धेरै ९.४० प्रतिशत बढ्यो ।

अन्य सेक्टर ९ प्रतिशत बढ्दा किन घटिरह्यो फाइनान्स ?
अन्य समूहमा जम्मा ६ वटा कम्पनी सूचीकृत छन् । यो समूहमा सूचीकृत कम्पनी नेपाल टेलिकम, नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले समग्र सेक्टरलाई ठूलो प्रभाव पार्छ ।

यी तीनै कम्पनीको मूल्य यो साता उल्लेख्य बढ्यो । जसले गर्दा अन्य समूह सबैभन्दा धेरै ९.४० प्रतिशत बढ्यो । यी तीन कम्पनीबाहेक समूहका रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको पनि मूल्य बढ्दा सेक्टर वृद्धिमा योगदान पुग्यो ।

फाइनान्स भने विगत केही सातादेखि नै ओरालो लागेको छ । यो साता सार्वजनिक वित्तीय विवरणले फाइनान्सलाई थप झार्न बल पुग्यो । अधिकांश फाइनान्स कम्पनीको वित्तीय स्थिति कमजोर देखिएको छ । निष्क्रिय कर्जा ४० प्रतिशतसम्म पुगेको छ भने औसतमा सेक्टरका कम्पनीहरुको खुद नाफा ऋणात्मक छ ।

झनै बिग्रियो फाइनान्सहरूको वित्तीय स्थिति, खराब कर्जा ४० प्रतिशतसम्म

धेरै कारोबार भएका कम्पनी
रकमका आधारमा यो साता धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा माथि देखियो । त्यसपछि क्रमशः नेपाल पुनर्बीमा, सप्तकोशी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, रिभर फल्स पावर, सानिमा मिडिल तमोर र सुपर मादी हाइड्रोपावर रहे ।

कारोबार संख्याका आधारमा यो साता हिमालयन रिइन्स्योरेन्स सबैभन्दा माथि रह्यो । हिमालयनपछि नेपाल पुनर्बीमा, पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल रिपब्लिक मिडिया, सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा मिडिल तमोर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0