१७ माघ, काठमाडौं । मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।
मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार आजसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाइसक्नुपर्नेछ ।
आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले जनाएका छन् ।
जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1