Author: Admin

स्याङ्जामा घनले हानेर एक जनाको हत्या

स्याङ्जामा घनले हानेर एक जनाको हत्या

समाचार
१६ भदौ, काठमाडौं । स्याङ्जाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा एक जनाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए । घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । @अनलाइनखबर...
जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

समाचार
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा राजधानीबाट २९ जना पक्राउ पेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित एक होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई पनि गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सह...
५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

समाचार
१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत थप ५० अर्ब खिच्ने भएको हो । सात दिनका लागि बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २३ असोजमा भुक्तानी हुनेछ । स्थायी निक्षेप सुविधा नियमित उपलब्ध गराएको केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयका लागि निक्षेप संकलन उपकरण समेत बोलकबोल गरिरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत तोकेको छ । सोही दरमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ । उक्त सुविधाले पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दा केन्द्रीय बैंकले निक्षे...
बाढी पहिरोले ६ अर्बको अन्नबालीमा नोक्सानी : कृषिमन्त्री

बाढी पहिरोले ६ अर्बको अन्नबालीमा नोक्सानी : कृषिमन्त्री

समाचार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् । कृषि समितिको आज बसेको बैठकमा उनले बाढीले कृषकलाई ठुलो क्षति पुर्‍याएको बताए । 'नोक्सानी भएका किसानहरू पीडाले रोइरहनुभएको छ । दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौँ भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ' उनले भने । पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार ५८ हजार ४७६ हेक्टर धान वाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट सङ्कलन गरिएको छ । ...
इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
गाजा । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो । हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जालको पोस्...
मनसुनमा घटे भारतीय पर्यटक, श्रीलंकाली बढे दोब्बर

मनसुनमा घटे भारतीय पर्यटक, श्रीलंकाली बढे दोब्बर

समाचार
१६ असोज, काठमाडौं । मनसुन सिजनमा भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट आएको छ । नेपालले यसपालि वर्षायाममा अधिक प्राकृतिक विपत्ति र सडक दुर्घटनाको सामना गर्नुपर्‍यो । जसमा भारतीय नागरिक समेत प्रभावित भए । यसको असर पर्यटक आगमनमा देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२४ को एक महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् । २०२३ को सोही महिनामा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटक २८ हजार ६ सय ९४ थिए । गत वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ । नेपाल र कोलम्बो सिधा उडानको प्रभाव श्रीलंकाली पर्यटक आगमनमा भने सकारात्मक देखिएको छ । बौद्धमार्गी मुलुक श्रीलंकाबाट सेप्टेम्बरमा ४ हजार ९ सय १५ पर्यटक नेपाल आए । गत वर्ष सेप्टेम्बरमा ३ हजार ११ मात्र आएका थिए । यो वर्ष सेप्टेम्बरमा समग्र पर्यटक आगमन भने पछिल्लो चार वर्षयत...
छोराछोरी विदेश पठाउने ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना

छोराछोरी विदेश पठाउने ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना

समाज / जिवनशैली
काठमाडौँ । विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरू भावनात्मक र सामाजिक एक्लोपनको सिकार हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा यस्तो समस्या देखाएको हो । महानगरभित्र रहेका ज्येष्ठ नागरिकहरूमध्ये छोराछोरी विदेशमा भएका २१.७ प्रतिशत व्यक्ति गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको हो । त्यस्तै १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको सर्वेक्षण रिर्पोटले देखाएको छ । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखिएको थियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका समेत अध्ययनले देखाएको छ । त्यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनको दाबी छ ।...
काभ्रेको रोशीखोलाबाट यात्रुलाई बोकेर उद्धार गर्दै सशस्त्र

काभ्रेको रोशीखोलाबाट यात्रुलाई बोकेर उद्धार गर्दै सशस्त्र

समाचार, स्थानिय तह / प्रदेश
काठमाडौँ । अविरल वर्षाको कारण काभ्रेको रोशीखोला क्षेत्रमा अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेवेशीसम्म १० भन्दा धेरे ठाउँको सड्क रोशीले कटान गरेको छ । पूर्व क्षेत्र र तराईबाट आएर काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ दाउन्ने, वडा नम्बर ८ पिन्थली र नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा अलपत्र परेका यात्रुको सशस्त्रले उद्धार गरेको हो । जनकपुरबाट एम्बुलेन्समा आएका र दाउन्नेमा ३ दिनदेखि अलपत्र स्पाइनल इन्जुरीको बिरामी लाई सशस्त्रले बाँसको खट बनाएर उद्धार गरेको छ । स्पाइनल इन्जुरीको समस्या भएका ६५ वर्षीय रामचन्द्र यादव लाई बाँसको खट बनाएर करिब १५ किलोमिटर बोकेर सेनाको हेलिकप्टरसम्म लगिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलका एसपी प्रेम प्रसाईं नेतृत्वको टिमले बाटोमा अलपत्र मधुमेहको समस्...
नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

आर्थिक / ब्यापार
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । यसका अतिरितm बैंकले मृद्ध व्यवसाय कर्जा, अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ । कर्जा सिमा रू.१० करोडसम्म रहेकोसमृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने अटो कर्जाको ...
विद्यार्थीको राष्ट्रिय सम्मेलनबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक खुमलटारमा

विद्यार्थीको राष्ट्रिय सम्मेलनबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक खुमलटारमा

समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन बैठक बसेको हो । काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक निर्णय गर्न लागेको हो । असोज १० गतेदेखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन राखिएको भए पनि प्रस्तावित मस्यौदा विधान अनुमोदन अघि उमेरहद लगाउने–नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन । @रातोपाटी...