Author: Admin

पलेशा र एरिकाको पुरस्कार रकम निकासा दिने बागमती सरकारको निर्णय

पलेशा र एरिकाको पुरस्कार रकम निकासा दिने बागमती सरकारको निर्णय

समाचार
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र एरिका गुरुङलाई पुरस्कार बापतको रकम निकासा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत असोज ३ मा पलेशा र एरिका सहित उनका कोच तथा प्रदेशस्तरका कराँते, तेक्वान्दो संघलाई वितरण गरिएको पुरस्कार बापतको रकम निकास गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत् खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयलाई २३ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार असोज ३ गतेको कार्यक्रममा प्रदेश सरकारको खेलाडी प्रोत्साहन तथा पुरस्कार वितरण अन्तर्गत १ लाख रुपैयाँ मात्र बजेट रहेकाले रकम वितरण गर्न नसकिएको उनले बताए । ‘३ असोजमा कार्यक्रम गरेर सम्मान गरियो । ...
‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

साहित्य / मनोरञ्जन
काठमाडौँ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ । पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ । @रातोपाटी...
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

समाचार
१६ असोज, काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ । धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन । इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ । इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ । इजरायलमा यसै वर्ष इरानले गरेको यो दोस्रो आक्रमण हो । गत अप्रिलमा भएको पहिलो आक्रमणभन्दा यो आक्रमण ठूलो हो । बीबीसीका अनुसार गत अप्रिलमा इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले आक्रमण गरेको थियो । इरान...
सन्तोषी ‘मिसेस नेपाल युनिभर्स’ घोषित

सन्तोषी ‘मिसेस नेपाल युनिभर्स’ घोषित

समाचार
काठमाडौँ । ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । कार्कीले ४७ औँ ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता दक्षिण कोरियामा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घ बेलायतकी महासचिव समेत रहेकी सन्तोषीसँग विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभव छ । सन्तोषी लन्डनमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी छन् । कार्कीले २००८ मा ‘मिस टिन कलेज’को उपाधि समेत जितेकी थिइन् । सन्तोषीले मिसेस युनिभर्सको लागि आवश्यक सबै प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यसँग लिनेछिन् । @रातोपाटी...
अनेरास्ववियुद्वारा बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

अनेरास्ववियुद्वारा बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

समाचार
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केन्द्रीय कमिटी सचिव डा.सुजन कडरिया, एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष डाक्टर पुष्पराज भाम लगायतको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेका हुन् । काभ्रेको रोशी खोला भुमेडाँडा लगायत क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको डाक्टर भामले जानकारी दिए । अनेरास्ववियु काभ्रेको संयोजनमा आयोजित स्वास्थ्य शिविरमा २१३ जनालाई स्वास्थ्य सेवा तथा परामर्श दिइएको थियो । शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि तथा राहत सामग्री समेत वितरण गरिएको अध्यक्ष डा. भामले बताए । @रातोपाटी...
बागमती करिडोरमा हिलो र धुलो

बागमती करिडोरमा हिलो र धुलो

समाचार, स्थानिय तह / प्रदेश
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बागमती नदीमा आएको बाढीका कारण बागमती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बागमती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ । सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बागमती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । बागमती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने बाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।” अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत व...
चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

समाचार
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र सन् २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ । यद्यपि वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पू...
हङकङबाट राजीनामा पठाए वडाध्यक्षले

हङकङबाट राजीनामा पठाए वडाध्यक्षले

समाचार
ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए । @रातोपाटी...
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

समाचार
काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ । ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ । ‘बाढी प्रभावित क्षेत्रमा खाने बस्ने ठाउँ छैन, त्यस्तो अवस्थामा रोगको झनै जोखिम हुन्छ नै’ उनी भन्छन्, ‘यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’ बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने उनी सुझाउँछन् । खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँ...
आँगनका मिठाइ उत्पादन गर्ने कम्पनीलाई विभागले तिरायो २ लाख जरिबाना

आँगनका मिठाइ उत्पादन गर्ने कम्पनीलाई विभागले तिरायो २ लाख जरिबाना

समाचार
१६ असोज, काठमाडौं । आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ । सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । ‘आकाश फुड्सले आँगन ब्राण्डका मिठाइ उत्पादन गर्ने कम्पनी हो,’ विभागका महानिर्देशक राजन दाहालले अनलाइनखबरसँग भने, ‘उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराएका छौं ।’ उनका अनुसार मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको थियो । विभागले मंगलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थ...