Author: Admin

एनपीएलका कुन मालिकले के भने ?

एनपीएलका कुन मालिकले के भने ?

समाचार
१६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मालिक, फ्रेन्चाइज टोलीको पूरा नाम र लोगो सार्वजनिक भएको छ । मंगलबार नेपाल क्रिकेट संघ(क्यान) ले एक कार्यक्रमकाबीच उक्त घोषणा गरेको हो । एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा सिंगल राउण्ड रोविनको आधारमा हुँदैछ । अक्सन असोज २० मा हुँदैछ । मालिक सार्वजनिक कार्यक्रममा सबैको भनाइ यस प्रकार छ काठमाण्डु गुर्खाज स्वामित्व : कान्तिपुर मिडिया ग्रुप टिम अक्सनमा खर्चेको रकम : ३ करोड ३३ लाख रुपैयाँ मालिक : कैलाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फ मार्की खेलाडी : करण केसी काठमाण्डु गुर्खाजका उपेन्द्र महतो भन्छन्: जुन देशमा हिउँ नै हिउँ छ, त्यो देशमा क्रिकेट सुरु गर्दाखेरि सबैले तारिफ गरे र नेपाललाई हेर्ने नजरमा परिवर्तन गरे । त्यो सपना आज एनपीएलबाट पनि पूरा भइरहेको देखेको छु । नेपालीहरू खेलमा धेरै अगाडि छन् । विविध कारणवश एउटा प्ल...
कोशी प्रदेशमा झरी, बाढीपहिरो र डुबानको जोखिम

कोशी प्रदेशमा झरी, बाढीपहिरो र डुबानको जोखिम

समाचार, स्थानिय तह / प्रदेश
१६ असोज, काठमाडौं । कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना छ । कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ । यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् । सुनसरी र मोरङमा बढी वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ । बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३.४ मिलिमिटर वर्षा मापन भइसकेको छ । त्यहाँ २४ घण्टादेखि नै वर्षा भइरहेको छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सु...
लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध, सार्वजनिक गर्‍यो सम्पर्क नम्बर

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध, सार्वजनिक गर्‍यो सम्पर्क नम्बर

समाचार
१६ असोज, काठमाडौं । सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्, तर विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनुपर्ने भएको छ । त्यसैले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ । कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अ...
बीमाको १२ करोड रोकिंदा बिरामीको उपचार प्रभावित

बीमाको १२ करोड रोकिंदा बिरामीको उपचार प्रभावित

समाचार
१६ असोज, बुटवल । संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ । सरकारले प्रतिष्ठानलाई बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारवापत १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले यो रकम नदिंदा औषधि र उपचार सामग्री सप्लायर्सलाई प्रतिष्ठानले भुक्तानी दिन नसकेपछि सप्लायर्सले आपूर्ति रोक्दा उपचार सेवा र बिरामी प्रभावित भएका प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए। ‘प्रतिष्ठानले औषधि सप्लायर्सहरुलाई १३ करोड ४२ लाख रुपैयाँ तिर्न बाँकी छ, उनीहरु पैसा चाहियो भन्दै पटक-पटक नाराजुलुस र धर्ना गर्छन्’-लामिछानेले भने-‘सरकारले किस्ता-किस्तामा निकै कम रकम मात्र पठाउंछ, पूरा भुक्तानी नपाउँदा सप्लायर्सले सामान दिन सक्द...
मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

समाचार
१६ असोज, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको पुडासैनीले बताए । `उहाँहरू मध्ये एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आउनु भएको रहेछ । सुत्केरी हुने समय नाघिसकेको तर सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भने तत्कालै हेलिकप्टरबाट उद्धार गरेका हौं´, अध्यक्ष पुडासैनीले भने । उनले रक्षा मन्त्रालयमार्फत हेलिकप्टरबा...
लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम

लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम

समाचार
१६ असोज, काठमाडौं । नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन । मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् । सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ । यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ । ‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने भएकाले कोशी प्रदेशमा हिले दशैंको सम्भावना रहन्छ,’ मौसमका अध्येता डा. धर्मराज उप्रेतीले अनलाइनखबरसँग भने, ‘तर अघिल्ला दिनहरुको जस्तो भारी र अति भारी वर्षा भने हुँदैन ।’ सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ । सम्भवत सुदूरपश...
सूर्यदर्शन सहकारी प्रकरणमा लीला पछाई पक्राउ

सूर्यदर्शन सहकारी प्रकरणमा लीला पछाई पक्राउ

समाचार
१५ असोज, काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ । सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीको भनाइ छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् । @अनलाइनखबर...
बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

बाढीपहिरो प्रभावितलाई कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

समाचार
१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए । शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेशसभाको चालू अधिवेशन पनि अन्त्य गरेको छ । प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णयसमेत गरेको छ । @अनलाइनखबर...
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

आर्थिक / ब्यापार
काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको हो । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएक...
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

समाचार, स्थानिय तह / प्रदेश
काठमाडौँ । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ । होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सोझै सेवा लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत्भार (लोड) स्वीकृत पाएको छ । त्यसमध्ये हाल दैनिक रूपमा १० मेगावाटलोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिम...