Author: Admin

‘पशुलाई गाडीमा निरन्तर ८ घण्टा बढी हिंडाउन पाइँदैन’

‘पशुलाई गाडीमा निरन्तर ८ घण्टा बढी हिंडाउन पाइँदैन’

समाचार
काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै एनिमल नेपालले चिन्ता व्यक्त गरेको छ ।जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले मङ्गलबार कार्यक्रम आयोजना गर्दै पशु कल्याणका विषय ओझेलमा परेको बताएको छ । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । ‘मानव अधिकारका बारेमा धेरै चर्चा भए पनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतना स्तरलाई जति सक्दो धेरै बढाउनुपर्छ’ उनले भनिन् । पशु ढुवानीमा मात्रै नभई किनबेच गर्ने स्थलसम्म ल्याउँदा पनि क्रूरता अपनाइने भन्दै पशुपक्षीले यातना भोग्दा उनीहरूको शरीरमा पर्ने असर मासुमा पर्ने र त्यो मासु खाँदा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने राणाले बताइन् । ‘...
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा ५ अर्बको चलखेल भएको कुरा विश्वास लाग्दैन : प्रधानमन्त्री

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा ५ अर्बको चलखेल भएको कुरा विश्वास लाग्दैन : प्रधानमन्त्री

समाचार
१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपप्रति विश्वास नरहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको’ उल्लेख गरे । माओवादीप्रति लक्षित गर्दै ओलीले ‘कसैले ५ अर्ब रुपैयाँ खाने भो’ भनेर आरोप लगाइएको बताए । ‘मलाई किन कसैले ५ अर्ब दिन्छ ? मैले भनेकै छु म कमिसनका लागि काम गर्ने होइन, देशका लागि गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ,’ ओलीले थपे । तत्कालीन माओवादी नेतृत्वको सरकारका बेला आफ्नो पार्टी निर्णय गर्ने अवस्थामा नरहेको उनले बताए । ‘देशको अवस्था नाजुक छ, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, पैसा लिएर बढुवा, कमिसन लिएर ठेक्का दिनेजस्ता कार्य नगरौं भनेर मैले भनेको थिएँ,’ प्रधान...
दुबईमा ‘एनएल इन्टरनेशनल अवार्ड’ सम्पन्न

दुबईमा ‘एनएल इन्टरनेशनल अवार्ड’ सम्पन्न

समाचार
दुबई । विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएकाहरूलाई सम्मान गर्दै यूएईको दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न भएको छ। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खाना लगायत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरूलाई एनएल इन्टरनेशनल अवार्ड २०२४ बाट सम्मान गरिएको थियो । सम्मान समर्पण गर्ने क्रममा दीर्घकालीन सेवा र समर्पण झल्काउने विधामा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। जसमा लक्ष्मीनारायण सिंह सुवाल एन एल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ र ...
प्रधानमन्त्रीले गरे गहृमन्त्री लेखकको बचाउ

प्रधानमन्त्रीले गरे गहृमन्त्री लेखकको बचाउ

समाचार
१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीको बचाउ गरेका छन् । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक जानकारीमा आएको विषय बताएको भन्दै उनले यसलाई अयोग्यता वा अपराधका रुपमा लिन नहुने उनले बताए । गत शनिबार भारी वर्षासँगै नख्खु खोलामा ठूलो बाढी आएपछि नख्खुडोलमा चार जना जस्तापाताको छनामा चढेका थिए । उद्धार पर्खिरहेका उनीहरुलाई केहीबेरमा नख्खु खोलाले बगायो । त्यसै दिन गृह मन्त्रालयमा बसेको बैठकपछि गृहमन्त्री रमेश लेखकले चार जनालाई बगाएको भन्दै बचाउन नसकेकोमा दुःख व्यक्त गरेका थिए । तर उनीहरुमध्ये २ जनालाई चणिकलाल तामाङ सहितले उद्दार गरे भने एक जना आफैं निस्किएका थिए । त्यसरी बगेका चारमध्ये एक जनाको अवस्था भने अज्ञात छ । बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले गृहमन्त्रीले प्रारम्भिक जानकारीमा आएको विषय बताएको दाबी गरे ।...
कर्मचारीको सरुवा गर्न शिक्षा मन्त्रालयले तय गर्‍यो ६ वटा सैद्धान्तिक आधार

कर्मचारीको सरुवा गर्न शिक्षा मन्त्रालयले तय गर्‍यो ६ वटा सैद्धान्तिक आधार

समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् । कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० बमोजिम गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेका बाहेक एउटा निकायमा सामान्यतया दुई वर्ष भन्दा बढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तथा काजमा खटाउने भएको छ । त्यस्तै अन्य निकायमा दरबन्दी रही शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा कामकाज तथा काजमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्य...
अवरुद्ध सडकमा अस्थायी वैकल्पिक व्‍यवस्था गर्न कांग्रेसको आग्रह

अवरुद्ध सडकमा अस्थायी वैकल्पिक व्‍यवस्था गर्न कांग्रेसको आग्रह

समाचार
१५ असोज, काठमाडौं। नेपाली कांग्रेसले अवरुद्ध सडकहरुको मर्मत गरी अस्थायी वैकल्पिक मार्गको व्‍यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्ने भएकाले अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्रता दिन सरकारसँग आग्रह गरेको हो । यस्तै हवाइ मार्गमा पर्ने चापलाई ध्यानमा राखेर भाडादर न्यूनतम कायम राख्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । संसदीय दलको बैठकले इजरायल/लेबनान बीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरु पनि जोखिममा रहेका हुँदा इच्छुकलाई सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । @अनलाइनखबर...
सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

समाचार
काठमाडौँ । दसैँ नजिकिएसँगै उपत्यका छाड्नेहरूको सङ्ख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तव्यसम्म पुग्न मानिसहरूले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल वर्षाअघि नै दसैँमा गाउँ जानेहरूले टिकट बुकिङ गरे पनि सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदा यात्रुहरू अन्योलमा छन् । दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन । चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरू काउन्टर अगाडि लाइन लागेका छन् । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको बिर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड छ । सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटि...
दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

समाचार
१५ असोज, काठमाडौं। दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो। @अनलाइनखबर...
बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

समाचार
१५ असोज, काठमाडौं । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ । कृषि बालीमा भएको क्षतिको विवर...
१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्‍यो कोइला ऊर्जा

अन्तर्राष्ट्रिय, समाचार
लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो । रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि सञ्चालनमा आउन छाडेको छ । यो ऊर्जा केन्द्र सन् १९६७ यता चल्दै आएको थियो । आफ्नो कारण हुन सक्ने जलवायु परिवर्तन घटाउने दिशामा यो बेलायतको ठुलै सफलता हो । बेलायत कोइलाबाट बिजुली निकाल्ने पहिलो देश थियो । तर सोमबारदेखि यो कोइला त्याग्ने पहिलो मुख्य अर्थतन्त्र बनेको छ । विश्वमा कोइलामा आधारित पहिलो ऊर्जा उत्पादन केन्द्र सन् १८८२ मा लन्डनमा खुलेको थियो । त्यतिबेलादेखि २०औं शताब्दीको पहिलो आधा अवधिमा बेलायतको बिजुलीको अधिकांश आवश्यकता कोइलाले नै पुरा गरिदिएको थियो । सन् १९९० को दशकको सुरुदेखि बिजुलीको लागि कोइलाको खपत घट्न थालेको भएपनि अर्को २ दशकसम्म कोइला बेलायती बिजुलीको महत्त्वपूर्ण...