Author: Admin

उपभोक्ताको गुनासोपछि तरकारी बजारमा अनुगमन बढाइँदै

उपभोक्ताको गुनासोपछि तरकारी बजारमा अनुगमन बढाइँदै

आर्थिक / ब्यापार
१६ असोज, काठमाडौं । बाढी र पहिरोका कारण आपूर्ति कम भएसँगै बजारमा तरकारीको अत्यधिक मूल्य वृद्धिपछि सरकारले अनुगमन बढाउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट तरकारी बजारमा अनुगमन बढाउन लागेको जानकारी दिएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार खरिद मूल्यको तुलनामा अधिक मुनाफा राखेर बिक्री भइरहेको गुनासोपछि अब तरकारी बजार र पसलहरुमा अनुगमन बढाउन थालिएको हो। कालीमाटी सहितका थोक बजारमै तरकारीको मूल्य बढेपछि खुद्रा पसलमा भाउ आकासिएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार पछिल्लो दुई दिनयता भने मूल्य केही थामिएको छ । @अनलाइनखबर...
आज यी नदी र खोलामा बाढीको जोखिम

आज यी नदी र खोलामा बाढीको जोखिम

समाचार
काठमाडौँ । देशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकोले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी प्रदेशका अधिकांश नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी तथा खोलामा बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले समेत आग्रह गरेको छ । @रातोपाटी...
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२८ पुग्यो

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २२८ पुग्यो

समाचार
१६ असोज,काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । @रासस...
कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

समाचार, स्थानिय तह / प्रदेश
कर्णाली । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ः०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिए । सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताए । अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । @रातोपाटी...
तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा कति भयो क्षति ?

अन्तर्राष्ट्रिय, समाचार
तेल अभिभ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्। यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन । इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ । इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ । इरान...
आज पनि खुलेनन् बाढीले क्षति पुर्‍याएका यी सडक

आज पनि खुलेनन् बाढीले क्षति पुर्‍याएका यी सडक

समाचार
काठमाडौँ । ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले त्यस क्षेत्रमा आज पनि सवारी आवागमन बन्द भएको छ । काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आज पनि चल्न सकेका छैनन् । काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । त्यसैगरी रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेह...
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

समाचार, स्थानिय तह / प्रदेश
सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका रु एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छभने...
विपद्‌ व्यवस्थापन प्राधिकरणले भन्यो: भारी वर्षाको सम्भावना छ, यात्रामा  सावधानी अपनाउनुस्

विपद्‌ व्यवस्थापन प्राधिकरणले भन्यो: भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्

समाचार
१६ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ । प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ । @अनलाइनखबर...
सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने ?

सकियो सोह्रश्राद्ध, श्राद्ध रोकिएको भए के गर्ने ?

समाचार, समाज / जिवनशैली
१६ असोज, काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दशैं सुरु हुन्छ । सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश श्राद्ध रोकिएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । श्राद्ध गर्नेहरुको काठमाडौं उपत्यकाको ...
मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

समाचार, स्थानिय तह / प्रदेश
१६ असोज, म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ता¬ङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए । ‘सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ’, उनले भने, , ‘रानीपौवा–झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।’ यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड ६० लाख बजेट विनियोजन गरेको छ । यो कालीगण्डकी करिडोरको ...