Author: Admin

नागरिक उड्डयन प्राधिकरण विधेयक परिमार्जन गर्न नेविसंघको माग

नागरिक उड्डयन प्राधिकरण विधेयक परिमार्जन गर्न नेविसंघको माग

समाचार
१५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले नागरिक उड्ययन प्राधिकरण विधेयक परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले विधेयकलाई आवश्यक परिमार्जनसहित पारित गर्न सरकारको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले नेपाली आकाश सुरक्षित विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाइ सुरक्षा सुधारका नीतिगत र संरचनागत कामहरु अघि बढाउन माग गरिएको छ । ज्ञापनपत्रमा हिमाली जिल्लाका नागरिकका लागि हवाइ यातायात सहज र सर्वसुलभ गराउन माग गरिएको छ । आन्तरिक उडानमा ‘अपर फेयर’ लागु नहुने निर्णयलाई निरन्तरता दिनका लागि ध्यानाकर्षण गराइएको छ । @अनलाइनखबर...
लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै  बेलायत

लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै बेलायत

अन्तर्राष्ट्रिय, समाचार
बेरुत । यतिबेला लेबनानमा स्थिति तनावपूर्ण छ । इजरायलले हवाई र भूमिगत हमला चर्को बनाइरहँदा हताहत हुनेको संख्या बढ्दो छ । यस्तोमा बेलायत सरकारले त्यहाँ फसेका आफ्ना नागरिकहरूको उद्धारका लागि विमान चार्टर गर्न थालेको छ । लेबनानमा स्थिति निकै अस्थिर रहेको र छिट्टै बिग्रन सक्ने बेलायतका विदेश मन्त्री डेभिड ल्यामीले भनेका छन् । उनको यो अभिव्यक्ति इजरायलले दक्षिण लेबनानमा जमिनबाट स्थानीय र लक्षित आक्रमण सुरु गर्ने घोषणा गर्नुभन्दा केही घण्टा अगाडि आएको थियो । लेबनानमा रहेका बेलायती नागरिक, तिनका जहान वा पार्टनर र १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई विमानमा ल्याउन थालिएको छ । विमान बुधबार बेरुतबाट हिँड्ने बताइएको छ । गएको हप्तासम्म लेबनानमा आश्रीतसमेत गरेर ४ हजारदेखि ६ हजार बेलायती नागरिक रहेको अनुमान गरिएको छ । चार्टर विमानको सारा खर्च बेलायत सरकारले तिर्नेछ । तर विमानमा आउने हरेक बेलायत...
कांग्रेस बैठकमा गृहमन्त्री ब्रिफिङ : आठ टोली बनाएर क्षतिग्रस्त जिल्ला पठाएका छौं

कांग्रेस बैठकमा गृहमन्त्री ब्रिफिङ : आठ टोली बनाएर क्षतिग्रस्त जिल्ला पठाएका छौं

समाचार
१५ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बाढी, पहिलोले पुर्‍याएको क्षति र सरकारको कार्यबारे जानकारी गराउने क्रममा लेखकले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको बताए । पिडितका लागि तत्काल अस्थायी आवास र केही समयपछि स्थायी आवास बनाउने व्यवस्था सरकारले गर्ने जानकारी लेखकले गराए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि काम अगाडि बढेका तथा राहत र घाइतेको उपचारबारे कांग्रेस सांसदलाई जानकारी गराएका थिए । गृहमन्त्री लेखकले सरकारको आलोचना भएको नख्खुको घटना बारे पनि जानकारी गराएका थिए । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाको हेलिकप्टर उडाउन भिजिविलिटी भएन,’ लेखकले भने,‘एक जना स्थानीयले उद्धार ...
झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा

झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा

समाचार
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ । झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘झ्याप्ले खोलाको पहिरो हटाएर यहाँबाट दुईतर्फ सवारी सञ्चानल गरिएको छ ।’ झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो । झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । @रातोपाटी...
विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु

विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु

समाचार
१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्र बल्खुमा आज राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका हुन् । मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आरोपसमेत लगाए । अभियान उद्घाटनका क्रममा प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया पनि गरेका थिए । उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने आश्वासन दिए । बल्खुको जागरण टोलमा ४१७ घर परिवार बाढीबाट प्रभावित भएका छन् । @अनलाइनखबर...
शर्मिला र मायाले एक वर्षमा बेचे १० लाखको निगुरो

शर्मिला र मायाले एक वर्षमा बेचे १० लाखको निगुरो

आर्थिक / ब्यापार, समाचार
१५ असोज, गलकोट (बागलुङ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दिनचर्या जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ । लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रुपैयाँको निगुरो बिक्री गरे । ‘वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं’, उनले भनिनन् । पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार र माया पुनले दुई लाख ५० हजार रुपैयाँको निगुरो बिक्री गरेको बागलुङ ब...
आफ्नै पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

आफ्नै पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

समाचार
१४ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए । गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो । तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् । @अनलाइनखबर...
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

समाचार
१५ असोज, काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले बाँकी ६ प्रदेशमा पनि सेवा विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको र अब मुटु रोगको उपचारसमेत विस्तारको प्रस्ताव राखेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । @अनलाइनखबर...
प्रस्तावित प्रधानन्यायाधीशका उजुरीकर्तासँग भिडियो छलफल

प्रस्तावित प्रधानन्यायाधीशका उजुरीकर्तासँग भिडियो छलफल

समाचार
१५ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग भिडियो कुराकानीमार्फत छलफल गरेको छ । राउतविरुद्ध उजुरी दिएका नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेत अमेरिकामा छन् । उनीसँग समिति सदस्यहरुले भिडियोमार्फत उनले दिएको उजुरीबारे छलफल गरेको हो । बस्नेतले प्रस्तावित प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको न्यायाधीशको रुपमा गरेको एक फैसलामा सैनिक ऐनको ब्याख्याका विषयमा प्रश्न उठाएका थिए । उनको उजुरी समितिमा आएको तर उनी भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि समितिले जुममार्फत छलफल गरेको हो । संसदीय समितिमा प्रविधिको प्रयोग गरेर छलफल गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७९ मा छ । सुनुवाइ समिति सचिवालयका अनुसार यो सुनुवाइ समितिमा पहिलोपटक अभ्यास गरिएको हो । @अनलाइनखबर...
नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा

नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा

आर्थिक / ब्यापार, समाचार
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए । मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ । @रातोपाटी...