Author: Admin

साउदी अरबमा हजार मिटर अग्लो भवनको निर्माण कार्य सुरु

साउदी अरबमा हजार मिटर अग्लो भवनको निर्माण कार्य सुरु

समाचार
जेद्दाह । साउदी अरबले हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु भएको छ । निर्माण पूरा भएपछि यो विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । सात वर्षसम्मको गतिरोध पछि भवनको निर्माण कार्य सुचारु भएको हो । साउदीमा भ्रष्टाचार विरोधी तीव्र कारबाहीका बीचमा भवनको निर्माण कार्य अल्मलिएको थियो । बुधबार निर्माण स्थलमा आयोजित एक समारोहमा भवन बनाउन लागेकोे कन्सोर्टियम कम्पनी जेद्दाह इकोनोमिक कम्पनी (जेईसी)ले भवन सन् २०२८ भित्रमा निर्माण सम्पन्न हुने बताएको थियो । हजार मिटर (३ हजार २८० फुट) अग्लो यो भवनको निर्माण सन् २०१७ मा एक तिहाई पूरा भएको थियो । तर साउदी राजकुमार मोहमद बिन सलमानले चलाएको भ्रष्टाचार विरोधी आक्रामक अभियानका क्रममा यस परियोजनको मुख्य ठेकेदार र यसका लागि सह–लगानी गरिरहेको अर्को एउटा व्यापारिक घरानाका उच्च अधिकारीसमेत कयौं व्यक्ति समातिए । यसपछि पनि निर्माण कार्य चलिरहेको थियो । ...
अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

अमेरिकामा हेलेन आँधीबाट ज्यान गुमाउने २०० नाघे

अन्तर्राष्ट्रिय, समाचार
१८ असोज, काठमाडौं । अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्। आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो । हेलेन आँधीले आएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ । नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री ...
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

समाचार
१८ असोज, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन । अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो । तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो । सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थ...
नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८ सय  प्रतिनिधि सहभागी हुने

नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८ सय प्रतिनिधि सहभागी हुने

समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ । सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्र बहादुर गुरुङले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सय भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए । विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्याका अवसर र चुनौतीहरू आदिमा केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको छ । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि स...
धावनमार्गमै विमानमा आगो लागेपछि‍‍‍…

धावनमार्गमै विमानमा आगो लागेपछि‍‍‍…

समाचार
रोम । बिहीबार इटलीको एउटा विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ । घटना दक्षिणी इटलीको ब्रिन्दसी विमानस्थलको हो । घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८० जनाभन्दा धेरै यात्रु थिए । बोइङको अर्को एउटा विमानमा अवतरणको समयमा मिलान बेर्गामो विमानस्थलमा टायर पड्किएको घटना भएको दुई दिनपछि यो घटना भएको हो । विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनाको समयमा विभानभित्र १८४ जना यात्रु रहेको र्यानएयरले भनेको छ । घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । पछि सो विमानको सट्टा अर्कोमा हालेर यात्रुहरूला...
यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर

यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर

समाज / जिवनशैली
काठमाडौँ । युट्युबमा सर्वाधिक हेरिएको डकुमेन्ट्री ‘हराएका वर्षहरू’का प्रमुख पात्र प्रकाश तामाङ भाइरल भएपछि उनलाई सहयोग गर्न एमाले र माओवादीले प्रतिस्पर्धा गरिरहेका छन् । गत भदौै ८ गते युट्युबमा ‘हेर्ने कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गरिएको सो भिडियोले १ करोड १४ लाख भ्यूज पाएको छ । झण्डै ३५ वर्ष आफ्नै देशमा गुमनाम भएका उनको कथा हेरेर धेरै नेपाली भावुक बने । नागरिकता बनाउनसमेत झमेला बेहोरेका उनलाई भाइरल हुने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सहज रूपमा बनाइदिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरका कर्मचारी ढड्डा नै बोकेर तामाङको घरमा पुगी नागरिकता दिएका थिए । भिडियो सार्वजनिक भएको दुई दिनमै भोजपुरको षडानन्द गाउँपालिकामा अर्काको जग्गामा बसेका प्रकाशको परिवारका लागि माओवादी केन्द्रका सांसद सुदन किराँतीले घर–जग्गा व्यवस्था गर्ने घोषणा गरे । घोषणा अनुरुप तत्काल...
इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

अन्तर्राष्ट्रिय, समाचार
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । इजरायल र इरानबिच जारी तनावबिच शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कको भाउ मूल्य ५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया पछि तेलको भाउ बढेको हो । गएको सोमबार इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेयता ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढिसकेको छ । आफ्नो बयानमा उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका थिए । त्यसपछि पत्रकारहरूले उनलाई कच्चा तेलको मूल्य बढेको विषयमा इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिरहनुभएको हो भनेर सोधेका थिए । ‘मलाई थाहा छ यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन ।’ जवाफमा बाइडेनले भनेका थिए । यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा उनले ‘आँधीका तुफानका कारण पनि मूल्य बढ्न सक्छ’ भनेर भनेका थिए । बाइडेन दक्षिण–पश्चिम...
‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

समाचार
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबु...
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी

राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन् । लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको टिप्पणी छ । उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् । फेसबुकमार्फत लोहनीले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख...
पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल

पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल

समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको बताएका छन् । महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको भन्दै पश्चिममाकरणको मान्यता मात्र ठिक भन्न नहुने बताएका हुन् । प्रधानमन्त्रीले प्रयोग गरेका शब्दलाई लिएर सामाजिक सञ्जालमा बहस समेत चलाउने प्रयास भइरहेको पनि पोखरेलले बताएका छन् । ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामवाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो’, शुक्रबार सामाजिक सञ्जाल फेसबु...