Author: Admin

काठमाडौँको सुकेधारामा जापनिज भाषा तथा सिप विकास केन्द्रको उद्घाटन

काठमाडौँको सुकेधारामा जापनिज भाषा तथा सिप विकास केन्द्रको उद्घाटन

समाचार
काठमाडौँ । काठमाडौँको सुकेधारामा जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) स्थापना गरिएको छ । यस कलेजको बिहीबार उद्घाटन जाइका नेपाल प्रमुख माचुजाकी मिजुकीले गरेका हुन्। जापान जाने विद्यार्थी र नेपाली कामदारको संख्या बढिरहँदा भाषा र सीपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यले कलेजको स्थापना गरिएको कलेजका सञ्चालक राजेन्द्र केसीले जानकारी दिए। जापान जानेलाई भाषादेखि लिएर त्यहाँ गर्ने काममा समस्या नहोस् भनेर यो कलेज स्थापना गरिएको उनले बताए । सरकारसँग अनुमति लिएर र समन्वय गरेरै आफूहरूले कलेज स्थापना गरेको बताउँदै उनले आफूहरूको भाषा र सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए । विभिन्न म्यानपावरबाट जापान जान खोज्ने कामदारहरू यो कलेजमा आएर भाषा र सिप सिक्नेछन्। यहाँबाट भाषा र सिप सिकेका जनशक्ति अन्य म्यानपावर कम्पनीमार्फत जापान जान सक्छन् । विगत दुई दशकदेखि पा...
गर्भपतनको पक्षमा मेलनिया ट्रम्प

गर्भपतनको पक्षमा मेलनिया ट्रम्प

समाचार, स्वास्थ्य
वासिङ्टन डीसी । अमेरिकाकी पूर्व प्रथम महिला मेलनिया ट्रम्पले गर्भपतनको पक्षमा खुलेर वकालत गरेकी छन् । बिहीबार पोस्ट भएको एउटा नयाँ भिडियोमा उनले महिलाको व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदा सम्झौताको कुनै गुन्जाइस नहुने बताएकी छिन् । आफ्नो आगामी पुस्तकमा सरकारको कुनै पनि हस्तक्षेप वा दबाबबाट स्वतन्त्र हुनुपर्छ भनेर मेलनियाले गर्भपतनको अधिकारको समर्थन गरेको गार्डियनले एउटा समाचारमा भनेको थियो । ‘व्यक्तिगत स्वतन्त्रता एउटा मौलिक अधिकार हो जसलाई म सुरक्षित गर्न चाहन्छु । निस्सन्देह, सबै महिलाहरूले जन्मदेखि नै पाएको यो अत्यावश्यक अधिकार : व्यक्तिगत स्वतन्त्रतामा सम्झौताको कुनै गुन्जाइस छैन । मेरो शरीर, मेरो रोजाइको साँच्चै अर्थ के हो त ?’ एक्समा पोस्ट भएको एउटा भिडियोमा पूर्वप्रथम महिलाले भनेकी छिन् । महिलाको गर्भपतनको अधिकारमा मेलनियाले गरेको वचाउ उनको पति पूर्व अमेरिकी राष्ट्रपति तथा ...
तुईन र फड्केले जोडियो तातोपानी नाका

तुईन र फड्केले जोडियो तातोपानी नाका

समाचार, स्थानिय तह / प्रदेश
सिन्धुपाल्चोक । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो। त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ । “तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ”, वडाध्यक्ष श्रेष्ठल...
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो

आर्थिक / ब्यापार
काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश रोक्नुपरेको जानकारी दिएको छ । स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको हो । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् । यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च...
अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

समाचार
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । ‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निर्णय हुनसक्छ ।’ सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ । @रातोपाटी...
एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

आर्थिक / ब्यापार
१८ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो। अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९५० मा कारोबार भएको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । @अनलाइनखबर...
नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

समाचार
काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘औषधी र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी कार्तिक १ गतेसम्म बन्द रहन्छन् ।’ विभागको निर्णयअनुसार चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठुला सवारी साधन रोकिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बागमतीका एसपी नरेश सुवेदीले जानकारी दिए । यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल ...
हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा चल्न थाले गाडी

हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा चल्न थाले गाडी

समाचार, स्थानिय तह / प्रदेश
१८ असोज, बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौंडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभागले वर्षा हुनसक्ने सूचना जारी गरेपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौंडा–पालुङ–नौबिसे सडकखण्डमा पनि हलुका सवारी सञ्चालन भएका छन् । बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौंडा–काठमाडौं जोड्ने सडकअन्तर्गत हेटौंडा–भैंसे–रातोमाटे खण्ड...
गुल्मीमा दशैं–तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

गुल्मीमा दशैं–तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

समाचार, स्थानिय तह / प्रदेश
१८ असोज, गुल्मी । दशैं–तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यवस्था मिलाउन गुल्मीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् । जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गा लगायतका स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । सहायता कक्षको स्थापना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बस चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामनासहित शुभारम्भ गरिएको थियो । दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको डिएसपी पोखरेलले बताए । यो अवधिमा ओभर लोड र मापसे जाँचलाई कढाइका साथ लैजाने पोखरेलले बताए । ...
प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

प्रसूति गृहमा प्रभावकारी रक्तसञ्चार सेवा

स्वास्थ्य
काठमाडौं । धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत पाए भने निकै सहज हुन्छ । बिरामीलाई यो सहज वातावरण सिर्जना गर्ने काम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्दै आइरहेको छ । अस्पतालका धेरै बिरामीले रगतको व्यवस्थापनका लागि चिन्ता लिनु पर्दैन । ७० प्रतिशत बिरामीलाई आवश्यक पर्ने रगत अस्पतालमा नै उपलब्ध हुन्छ र बाँकी ३० प्रतिशत बिरामीलाई पनि रगत लिन कहाँ जाने भनेर सहजीकरण गर्ने काम अस्पतालका कर्मचारीले नै गर्छन् । प्रसूति गृहले बिरामीलाई आवश्यक पर्ने रगतको आन्तरिक व्यवस्थापन २०६४ देखि नै गर्दै आएको थियो । २०७२ सालभन्दा अघि रेडक्रस सोसाइटीसँग मिलेर रक्त सङ्कलन हुन्थ्यो । २०७२ सालको भूकम्पपछि भने रक्त सङ्कलनको काम पनि प्रसूति गृहले नै सुरु गर्‍यो । ...