Author: Admin

दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

समाचार, समाज, स्थानिय तह / प्रदेश
१८ असोज, गलकोट (बागलुङ) । हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि घटस्थापनाविना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दशैं मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैं मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दशैं नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैं ...
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड

समाचार
१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको भन्दै प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताएका हुन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । यो प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उनले यसका आ...
नवरात्रमा पनि सुनसान पाथीभरा

नवरात्रमा पनि सुनसान पाथीभरा

समाचार
१८ असोज, ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडादशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए । बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् । देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैं र चैतेदशैंमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए । @अनलाइनखबर...
गोलभेँडा महँगियो, यस्तो छ कालीमाटीमा तरकारी भाउ

गोलभेँडा महँगियो, यस्तो छ कालीमाटीमा तरकारी भाउ

आर्थिक / ब्यापार
१८ असोज, काठमाडौं । बाढीपहिरोका कारण आपूर्ति असहज हुँदा कालीमाटीमा गोलभेँडा महँगिएको छ । हाल ठूलो गोलभेँडा भारतबाट आयात हुने गर्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठूलो गोलभेँडा शुक्रबार प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो अधिकतम १३० रुपैयाँ थियो । सानो गोलभेँडा पनि अघिल्लो दिनभन्दा २६ प्रतिशत महँगिएको छ । सानो गोलभेँडा प्रतिकिलो अधिकतम १०० रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा १२५ रुपैयाँ छ । कालीमाटी बजारमा शुक्रबार आलु, गाजर, भन्टा, बोडी, तिते करेला, घिरौंला पनि महँगिएको छ । फर्सी र परवर केही सस्तिएको छ । कालीमाटीमा यस दिन प्याज प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको छ, अघिल्लो दिन १२५ रुपैयाँ थियो । रातो आलु ८५, स्थानीय काउली ६०, भन्टा ८०, घिउ सिमी १३०, टाटे सिमी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी ७०, भिण्डी १२०, बरेला (चुच्चे करेला) १३०...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

समाचार
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज ...
दोहामा रहेकी परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

दोहामा रहेकी परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

समाचार
काठमाडौँ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहेकी छिन् । सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन्। सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ । सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन् । त्यसैगरी मन्त्री डा राण...
मोरङमा क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मोरङमा क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज, विराटनगर । मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको हो । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको खाल्डोमा डुबेर मृत्यु भएको हो । कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्छ । क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो । सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विप...
हात्तीको आक्रमणबाट माउतेको मृत्यु

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

समाचार
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । “खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए । @रासस...
सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

समाचार
तनहुँ । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । उक्त मन्त्रालयका अनुसार ७४।२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालय...
विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा विभागीय प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबिच होडबाजी चलेपछि दसैँअघि कार्यविभाजन नहुने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले विभाग प्रमुख, ७७ जिल्ला इन्चार्ज, जनसंगठन प्रमुख र केन्द्रीय आयोग गठनको गृहकार्य गरे पनि नेताहरूले महत्त्वपूर्ण विभागको प्रमुख र केन्द्रीय सदस्यहरूले जिल्लाको इन्चार्ज आफैँ हुनुपर्ने अडान नछाडेपछि कार्यविभाजन गर्न कठिन भएको हो । गत साता कार्यदलको बैठक बसे पनि महत्त्वपूर्ण विभागहरू आर्थिक विभाग, संगठन विभाग, विदेश विभाग र प्रचार विभागमा पदाधिकारीबिच नै कुरा नमिल्दा निर्णय गर्न नसकिएको एक नेताले जानकारी दिए । ‘महत्त्वपूर्ण विभाग आफैँले राख्नुपर्छ भन्ने पदाधिकारीबिच नै लडाइँ छ’, ती नेताले भने, ‘यस्तो देखिएपछि बरु समय लगाएर भए पनि व्यापक छलफल गरेरमात्र निर्णयमा पुग्ने सोचमा...