राजनीति

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

राजनीति, समाचार
२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए । ‘आज बिहानसम्म पनि विश्वासको मत लिने तयारी थियो,तर अहिले मुख्यमन्त्रीले राजीनामा दिने कुरा आएको छ’, उनले भने, ‘अहिले १ बजे संसदीय दलको वैठक छ, संभवतः मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराउनुहुन्छ होला ।’ बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल...
लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३/३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत हुन आउँछ । यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), ...
विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कतिपय निजी विद्यालयले महँगो शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अनेक शीर्षकमा विद्यालयहरूले शुल्क असुल्ने र अभिभावकहरूलाई पीडा दिने काम गरिरहेको टिप्पणी गरे । ‘नानी–बाबुहरू विद्यालय जान पाउँदा खुसी छन् । तर उनीहरूका अभिभावकको दुःख बेग्लै छ । कारण विद्यालयहरूले भर्नाको नाममा महँगो शुल्क असुलिरहेका छन्,’ बस्नेतले भने, ‘विद्यालयले भनेकै पसलमा, भनेकै मूल्यमा पोशाक र किताब किन्नुपर्ने बाध्यता छ । यस्तो विषयमा सरकारले बोल्नुपर्दैन ?’ एकपटक भर्ना भएका विद्यार्थीले सोही विद्यालयको अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन भनिए पनि धेरै निजी विद्यालयले वार्षिक शुल्क असुलिरहेको बस्नेतले बताए । उनले भने, ‘अभिभावक एउटा बच्चाका लागि ६०–७० हजार रुप...
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।...
शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

राजनीति, समाचार
२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी सबै एकवद्ध छौं । यसको ऐन नै पनि छ । जसमा सबै सर्वसम्मत हुनुहुन्छ’ मन्त्री श्रेष्ठले भनिन् । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रावधान छ । प्रचलित यो ऐनमा सबै सर्वसम्मत रहेको शिक्षामन्त्री श्रेष्ठले दाबी गरेकी हुन् । विद्यार्थी संगठनहरूको पनि दुरुपयोग भएको शिक्षामन्त्री श्रेष्ठ बताउँछिन् । ‘हामीले युवा विद्यार्थीहरूको भातृ संगठन बनायौं । सुरूमा अरू केही उद्देश्य भए ...
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ मा पाउलान विश्वासको मत ? अंक गणित यस्तो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ मा पाउलान विश्वासको मत ? अंक गणित यस्तो

राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको समेत प्रवक्ता पाण्डेयले बताए । यस्तो छ अंक गणित लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, ...
सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

राजनीति, समाचार
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको पनि जिकिर गरे । उनले भने, ‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्ने कुरा । हेडलाइनमा एउटा प्रश्न राखेर ठगीमा ? भनेर प्रश्न राखिदिएको हो कि, हतकडी ...
सहकारी ठगीमा श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायाे प्रश्न

सहकारी ठगीमा श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायाे प्रश्न

राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताए । ‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिएँ । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रमन्त्री लागायतको हो भन्ने आरोप छ ,’ उनले भने । समस्या ग्रहस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद याद...
सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् । उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।' त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भन...
सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् । समितिमा लामिछानेले आफुले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुर्गा प्रसाईले हतियार बोकेको विषय कानुनले दिएको भन्दा बढी अधिकार दिइएको पाइएको बताउदै यस विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।...