समाचार

सन्तान विदेशमा रहेका अभिभावकमा ‘भावनात्मक एक्लोपन’

सन्तान विदेशमा रहेका अभिभावकमा ‘भावनात्मक एक्लोपन’

समाचार
१७ असोज, काठमाडौं । विदेशमा सन्तान रहेका जेष्ठ नागरिक अभिभावकमा भावनात्मक एक्लोपना देखिन थालेको काठमाडौं महानगरले जनाएको छ । महानगरले गरेको एक सर्वेक्षणले छोराछोरी भएका ज्येष्ठ नागरिकमा भावनात्मक रुपमा एक्लोपना पाइएको हो । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेका अध्ययनले यस्तो अवस्था देखाएको हो । विनिता अधिकारी अध्ययनको सुपरीवेक्षक थिए । अध्ययन अनुसार २१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । महानगरपालिकाको सर्वेक्षणमा ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको हो । यस्तै १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको सर्वेक्षणमा देखिएको छ । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशतमा ...
ग्वाटेमाला सिमानामा नेपालीसहित ६ मारिए

ग्वाटेमाला सिमानामा नेपालीसहित ६ मारिए

समाचार
१७ असोज, काठमाडौं । नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् । ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने समाचारहरूमा उल्लेख छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ । मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने । आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हत...
बङ्गलादेशले भारतबाट आफ्ना उच्चायुक्तलाई फिर्ता बोलायो

बङ्गलादेशले भारतबाट आफ्ना उच्चायुक्तलाई फिर्ता बोलायो

समाचार
ढाका । बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ । भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाइएको छ । पछिल्लो समय बङ्गलादेशमा ठुलो राजनीतिक परिवर्तन भएको छ । हप्तौँसम्म उग्र विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत भागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यसअघि बङ्गलादेशले बेलायतबाट पनि आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई फिर्ता बोलाएको थियो । हालै अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि अमेरिका भ्रमणमा गएका थिए । यहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए । @एजेन्सी...
यसवर्ष च्याङग्राको मूल्य घट्यो

यसवर्ष च्याङग्राको मूल्य घट्यो

समाचार
१७ असोज, म्याग्दी । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए । ‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने, ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम हुन्छ ।’ गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए। छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिड...
प्रधानमन्त्री र बंगलादेशी मन्त्रीबीच ऊर्जा सहकार्य छलफल

प्रधानमन्त्री र बंगलादेशी मन्त्रीबीच ऊर्जा सहकार्य छलफल

समाचार
१७ असोज, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए । @अनलाइनखबर...
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

समाचार
१७ असोज, झापा। हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । ‘जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।’ झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस ...
नेत्रज्योति संघद्वारा बाल सेवाघरमा आँखा परीक्षण

नेत्रज्योति संघद्वारा बाल सेवाघरमा आँखा परीक्षण

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज, काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ। यही असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४० बालबालिकाहरुको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ। त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यसवर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताए। उनले भने, ‘अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि ब...
करोडौँ रुपैयाँ बराबरको ‘उपहार’ लिने सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय

करोडौँ रुपैयाँ बराबरको ‘उपहार’ लिने सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय

समाचार
सिंगापुर । सिंगापुर सरकारका पूर्वमन्त्री सुब्रमनियन इसवारानलाई १२ महिना जेल सजाय सुनाइएको छ । ६२ वर्षीय इसवारानमाथि करोडौँ रुपैयाँ बराबरको उपहार लिएकोमा दोषी पाइएको हो । उनले पदमा रहँदा ३ लाख ११ हजार ८८२ डलर बराबरको उपहार लिएको स्वीकार गरेका छन् । यी उपहारहरुमा फर्मुला वान ग्रान्ड प्रीको टिकट, ब्रम्पटन टी–लाइन साइकल, रक्सी र निजी विमानको उडान रहेका छन् । सिंगापुरको उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले पूर्वयातायात मन्त्रीले शक्तिको दुरुपयोग गर्नुका साथै जनताको विश्वासमाथि घात गरेको ठहर गरे । सजाय सुनाएपछि इसवारान कहिले जेल जान्छन् भन्ने खुलेको छैन । उनका वकिलले यो प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरेका छन् । उनले चांगी कारागारमा जेल सजाय काट्नेछन् । यहाँ सिंगापुरका मृत्युदण्ड पाएका कैदीहरूलाई राखिन्छ । सिंगापुरका कुनै पनि राजनीतिक व्यक्तित्वमाथि अदालतमा सुनुवाइ गरिएको पछिल्ला ५०...
सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

समाचार
१७ असोज, तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९: १६ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ । @रासस...
स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

समाचार
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताएका हुन् । उनले नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ । कपिलवस्तुको बाणगंगा–१ मा डायलिसिस सेन्टरले मिर्गौला फेल भएका बिरामीहरूलाई डायलिसिस सेवा प्रदान गर्ने छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा उक्त सेन्टर सञ्चालनमा ल्याइए...