समाचार

बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

समाचार
काठमाडौँ । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।’ @रातोपाटी...
राजदेवी मन्दिर डुबानमा

राजदेवी मन्दिर डुबानमा

समाचार
७ असोज, महोत्तरी । महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी रामप्रित गिरीले बताए । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ । पानीले राजदेवीको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए । पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए । उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ । पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइ...
चौकीडाँडा–कालखुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले नष्ट

चौकीडाँडा–कालखुंगा खण्डमा १२ किलोमिटर सडक बाढीले नष्ट

समाचार
१६ असोज, काठमाडौं । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाएको पाइएको छ । यो खण्डको लम्बाई १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले (बासआउट भएको) बगाएको भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहाड काटेर सडक बनाउने अवस्था छैन ।’ नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सुचारु गर्ने प्रयास हुनेछ । उनका अनुसार असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ । स्थायी संरचना बनाउन भने २० देखि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहोको उनले बताए । @अनलाइनखबर...
परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

समाचार
काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ । @रातोपाटी...
घटेन गण्डकीमा डेंगु सङ्क्रमण

घटेन गण्डकीमा डेंगु सङ्क्रमण

समाचार, स्थानिय तह / प्रदेश
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो । मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगु देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा २७ सय ३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय...
ग्वाटेमाला सिमानामा नेपालीसहित ६ आप्रवासी मारिए

ग्वाटेमाला सिमानामा नेपालीसहित ६ आप्रवासी मारिए

समाचार
१७ असोज, काठमाडौं । नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् । ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने समाचारहरूमा उल्लेख छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ । मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने । आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हत...
विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल

विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल

समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद‍्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरूमा विपद‍्बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद‍्बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए । उनले विपद‍्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल...
अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि मेक्सिकन सेनाले चलायो गोली, नेपाली पनि परेको आशङ्का

अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि मेक्सिकन सेनाले चलायो गोली, नेपाली पनि परेको आशङ्का

समाचार
मेक्सिको सिटी । मेक्सिकोमा सेनाले चलाएको गोली लागेर ६ जना आप्रवासीको मृत्यु भएको छ । अमेरिका प्रवेश गर्ने योजनासहित देशको दक्षिणी भेगमा ३३ जना आप्रवासी बोकेर गएको गाडीमाथि सेनाले गोली चलाएको थियो । सो घटनामा नेपाली समेत परेको आशङ्का गरिएपनि औपचारिक पुष्टि भने भएको छैन । रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार सो गाडीमा इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका आप्रवासीहरू थिए । मन्त्रालयले मृतकहरूको थप विवरण भने दिएको छैन । मेक्सिकोको रक्षा मन्त्रालयले बताएअनुसार यस घटनामा अरू १० जना आप्रवासी घाइते भएका छन् । यो घटना मङ्गलवार साँझ ग्वाटेमालाको सीमाबाट उत्तरमा झन्डै २५ माइल परको हो । सेनाको गस्तीको क्रममा आप्रवासीहरूलाई बोकेको पिक–अप गाडी उच्च गतिमा गइरहेको देखे । गाडीलाई रोक्न खोज्दा नरोकीकन भागेपछि सेनाका केही जवानले गोली चलाएका थिए । यो घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । ...
दुई पेट्रोलियम पाइपलाइन भारतको अनुदानमा बन्ने, भयो सम्झौता

दुई पेट्रोलियम पाइपलाइन भारतको अनुदानमा बन्ने, भयो सम्झौता

आर्थिक / ब्यापार, समाचार
१७ असोज, काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो । बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार भएको हो । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ...
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनखत (नामावलीसहित)

झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनखत (नामावलीसहित)

समाचार
१७ असोज, काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । यही असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका ९ झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृतकहरुको नाम ठेगाना यसप्रकार छ : क्र.सं. नाम थर उमेर ठेगाना १. प्रकाश कुँवर ३५ बुटवल उपमहानगरपालिका १६, रुपन्देही २. अनुप ठकुरी कुँवर ३३ बुटवल उपमहानगरपालिका १६, रुपन्देही ३. सृजना कुँवर २९ बुटवल उपमहानगरपालिका १६, रुपन्देही ४. रमेश प्रसाद लुइँटेल ५० देवदह नगरपालिका ४, रुपन्देही ५ प्र. ज. बोमबहादुर खाम्चा २५ शितगंगा नगरपालिका ७, अर्घाखाँची ६. सुमन बजगाईं ३५ रत्ननगर नगरपालिका १२, चितवन ७. सिता भट्टराई ४५ गल्याङ नगरपालिका ३, स्याङ्जा ८...