समाचार

१६ महिनामा लुम्बिनी केबलकारमा पौने ३ लाख पर्यटक

१६ महिनामा लुम्बिनी केबलकारमा पौने ३ लाख पर्यटक

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज, बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार २०८० साल जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो । केबलकार सञ्चालनमा आएको १६ महिनामा आन्तरिक र वाह्य गरी २ लाख ८५ हजार पर्यटक भ्रमणमा आएका कम्पनीले जनाएको छ । आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब बढी लगानीमा बनेको लुम्बिनी केवलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । कुल पर्यटकमध्ये एक लाख ६० हजार नेपाली, भारतीयसहित सार्क राष्ट्रका २२ हजार र तेस्रो मुलुकका १०० जना पर्यटक लुम्बिनी केबलकार चढेर बसन्तपुर पुगेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताए । यस्तै कम्पनीले टिकट दरमा विशेष छुट दिएर सञ्चालन गरेको मर्निङ अफर, चाडपर्व अफर लगायतका अफरमा नेपाली र भारतीय गरी करिब ६९ हजार जना ...
सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले भने–बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु

सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले भने–बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु

समाचार
१७ असोज, काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । उपरजिस्ट्रार घिमिरेले नै गोपालकृष्णविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनले गएराति फेसबुक स्टाटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् । ‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । कसैको ‘प्यादा’ बन्न नचाहेको भन्दै उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिने उल्लेख गरेका छन् । आज दशैंको घटस्थापना भएकाले सार्वजनिक बिदा छ । घिमिरेले त्यसअघि अर्को स्टाटस लेख्दै ‘३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु’ भनेका छन् । यो स्टाट...
यस्तो छ काठमाडौंसहित बाढीपहिरो प्रभावित क्षेत्रमा सडकको अवस्था

यस्तो छ काठमाडौंसहित बाढीपहिरो प्रभावित क्षेत्रमा सडकको अवस्था

समाचार
१७ असोज, काठमाडौं । बाढीपहिरोले प्रभावित भएको सवारी आवागमन अझै सामान्य भएको छैन । बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो । बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी आवागमन बन्द भएको हो । बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् । १२ असोजमा काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि बिपी राजमार्ग अझैसम्म पूर्णरुपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउदा...
भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज,विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ । विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो । एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘ एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’ विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो । @अनलाइनखबर...
बलानको बाढीले काट्‍यो सयौ बिघा खेतीयोग्य जमिन, जोखिममा बस्ती

बलानको बाढीले काट्‍यो सयौ बिघा खेतीयोग्य जमिन, जोखिममा बस्ती

समाचार, स्थानिय तह / प्रदेश
१६ असोज, सिरहा । केही दिनअघि अविरल वर्षाले आएको बाढीका कारण सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान—४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो । ‘एक्कासी बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,’ लहान-४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भने, ‘नदीले तटबन्ध नै भत्काएछ।’ मियाँको जस्तै समस्या लहान—२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहेका छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उनले बताए । ‘दशकौँदेखि गरिखाने जमिन आँ...
माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन पुनः थाल्न पहल

माथिल्लो तामाकोसीबाट विद्युत् उत्पादन पुनः थाल्न पहल

समाचार
१६ असोज, काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् गृहमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । अघिल्लो शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखा बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । डिस्यान्डरमा रहेका दुई पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठूला ढुंगा थुप्रिएका छन् । दुइटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगा लगायत थुप्रिएको अनुमान छ । ...
‘हनीट्र्याप’को धन्दा : ५ लाख फिरौती लिएर हत्या

‘हनीट्र्याप’को धन्दा : ५ लाख फिरौती लिएर हत्या

समाचार
१६ असोज, काभ्रे । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो । अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।...
आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश

आशिष देउलालाई थुनामा पठाउन अदालतको आदेश

समाचार
१६ असोज, काठमाडौं । अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठका आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासँगै उनका साथीहरु उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो । एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जनालाई विपक्षी बनाइएको थियो । दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाइ भएको थियो । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान...
काठमाडौँ आइपुगे मुस्ताङका च्यांग्रा, तस्बिरहरु

काठमाडौँ आइपुगे मुस्ताङका च्यांग्रा, तस्बिरहरु

समाचार
काठमाडौँ । दसैँका लागि मुस्ताङका च्यांग्रा काठमाडौँ आइपुगेका छन् । दसैँका लागि बिक्री गर्न व्यवसायीहरूले हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याएका हुन् । बुधबार कलंकी खसी बजारमा मुस्ताङका ७९ वटा च्यांग्रा ल्याइएको हो । यसपाली जिउँदो च्यांग्राको प्रतिकिलो १३०० रुपैयाँ रहेको जनाइएको छ । @रातोपाटी...
थाई एयर एसियाले थाल्यो नेपाल उडान

थाई एयर एसियाले थाल्यो नेपाल उडान

समाचार
१६ असोज, काठमाडौं । थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो । योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् । थाई एयर एसियाले साताको तीन उडान गर्ने र अकुपेन्सी (सिट भराइ दर) राम्रो हुँदै जाँदा दैनिक उडान योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले जानकारी दिए । एसियाली बजारमा राम्रो सञ्जाल रहेको थाई एयर एसियाले नेपालमा समेत स्तरीय सेवा दिने उनको भनाइ छ । कम्पनीका प्रतिनिधिले यसै साता भैरहवामा समेत अध्ययन गर्दैछन् । नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्ने योजना रहेको भन्दै थाई एयर एसियाले सोही सिलसिलामा भैरहवामा अध्ययन गर्न खोजेको हो । @रातोपाटी...