समाचार

३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

समाचार
काठमाडौँ । । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए । घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । यस्तो छ सनाखत भएकाहरूको विवरण : १. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष) २. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ ...
मारवाडी समितिबाट पशुपतिको गौशाला धर्मशाला मुक्त

मारवाडी समितिबाट पशुपतिको गौशाला धर्मशाला मुक्त

समाचार
१७ असोज, काठमाडौं । गौशालास्थित पशुपतिनाथको धर्मशाला २१ वर्षपछि मारवाडी सेवा समितिबाट मुक्त भएको छ । २०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको सम्झौता काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नं. ८५ को ४ रोपनी १० आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाउँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाका अनुसार समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । यससँगै कोष र समितिबीच ...
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

समाचार, स्थानिय तह / प्रदेश
बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ । “हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उनले भने, “विवरण सङ्कलन जारी छ” केन्द्रका प्रमुख सागर विष्टले भने । @रासस...
सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

समाचार, स्थानिय तह / प्रदेश
जलेश्वर । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुरबाट पनि दर्शनार्थी आउने गरेका छन् । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । @रासस...
बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज, काठमाडौं । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको हो । वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा ५० हजार बराबरको क्षति भएको छ । पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा रु दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ । आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली,...
विदेशी खेलाडीसँग खेल्दा स्तर बढाउन मद्दत भएको छ : सुमित्रा रेग्मी

विदेशी खेलाडीसँग खेल्दा स्तर बढाउन मद्दत भएको छ : सुमित्रा रेग्मी

समाचार
१७ असोज, काठमाडौंं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग (ईडब्लभीएल) मा कर्णाली यश्विस शीर्ष स्थानमा छ । लगातार तीन खेल जितेर ८ अंकका साथ शीर्ष स्थानमा रहेको कर्णालीले तेस्रो खेलमा बुधबार ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । लिगमा अपराजित हुँदा कर्णालीकी कप्तान सुमित्रा रेग्मी पनि निकै खुसी छिन् । पहिलोपटक भएको फ्रेन्चाइज लिगमा विभिन्न देशबाट नेपाली टिमहरुले विदेशी खेलाडी ल्याएका छन् । कर्णालीमा पनि तीन जना विदेश खेलाडी छन् । गाब्रिएले बेन्डा जसले टिममा सेटरको रुपमा खेलिरहेकी छिन् । उनी अमेरिकन खेलाडी हुन् । अथानासिया लिएगकी उनी ग्रिसकी अपोजिट हिटर हुन् । त्यस्तै, जेनेप ओटुरान टर्कीकी आउटसाइड हिटर हुन् । कर्णालीका यी तीन खेलाडीहरू टिममा आउँदा टिममा रहेका नेपाली खेलाडीको पनि उत्साह र स्तर बढेको कप्तान सुमित्राले अनलाइनखबरसँग भनिन्, ‘विदेशी खेलाडीले हामील...
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

समाचार, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
कास्की । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ । विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ । फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्द...
अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा सेनासहितको अध्ययन टोली खटियो

अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा सेनासहितको अध्ययन टोली खटियो

समाचार
१७ असोज, काठमाडौं । दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ । सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ । त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ । ‘टोलीमा भौतिक पूर्वाधार मान्त्रालयका ३ जना र नेपाली सेनाका एक जना प्राविधिक थिए’, स्रोतले भन्यो, ‘वैकल्पिक मार्ग बनाउनका लागि समेत विष्फोटक पदार्थ लगायतको प्रयोग गर्नुपर्ने हुनसक्ने भएकाले सेनालाई पनि संलग्न गराएका हौं ।’ बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउ...
बार–बेन्च द्वन्द्व : बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने सर्वोच्चका उप रजिष्ट्रार घिमिरकाे  घोषणा

बार–बेन्च द्वन्द्व : बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने सर्वोच्चका उप रजिष्ट्रार घिमिरकाे घोषणा

समाचार
काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । उपरजिस्ट्रार घिमिरेले नै बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनले गएराति फेसबुक स्ट्याटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् । ‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । कसैको ‘प्यादा’ बन्न नचाहेको भन्दै उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिने बताएका छन् । अदालत आजदेखि दसैँ बिदा भएको छ। अव खुलेसँगै आफूले निवेदन दिने उनले बताए । उनको निवेदन सर्वोच्च अदालतको तर्फबाट भएकाले फिर्ता हुने कि नहुने इजलासले नै निर्णय गर्ने ...
अवैध लागु औषधसहित दुई जना पक्राउ

अवैध लागु औषधसहित दुई जना पक्राउ

समाचार, स्थानिय तह / प्रदेश
काठमाडौँ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद र वर्ष २४ का देवराज साउद सत्तीलाई ३ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो । दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । @रातोपाटी...