समाचार

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले समितिको प्रतिवेदन सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेस हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरूलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए । उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलीय दृष्टिकोणभन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए । उनले भने, यस...
काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव

काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव

समाचार
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका हुन् । उनले २०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठुलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए । मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथान्तरणका लागि ...
२६५ रुपैयाँसम्म घट्यो हवाई भाडा, कुन रुटमा कति ?

२६५ रुपैयाँसम्म घट्यो हवाई भाडा, कुन रुटमा कति ?

समाचार
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो । हवाई जहाजको भाडामा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतको हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरि भाडा दर निर्धारण गरिएको हो । नयाँ दर अनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ । त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ । त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्...
कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन

कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन

समाचार
काठमाडौँ । सत्तासझेदार दल नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधबार नयाँ सदस्य थप गरिएको जानकारी दिए । यी हुन् थपिएका सदस्यहरु १. कैलाश राई, खोटाङ २. लालबाबु यादव, धनुषा ३. मिरा स्याङ्ताङ, मकवानपुर ४. हरिप्रसाद शर्मा लामिछाने, कास्की ५. हिरा केसी, रूपन्देही ६. खड्कबहादुर डाँगी, रूकुम (पश्चिम) ७. रमेशबहादुर रावल, डडेल्धुरा ८. रामबहादुर लामा, चितवन ९. रन्जित रसाइली, भोजपुर १०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ @रातोपाटी...
छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण

छविलाल जोशीलाई हिरासतमुक्त गर्न प्रहरीलाई अदालतको ध्यानाकर्षण

समाचार
१६ असोज, काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्द्र प्रहरीको ध्यानाकर्षण गराएको छ । बुधबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो । जिल्ला अदालत कास्कीले उनलाई १७ असोजसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । छविलाल जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गैरकानुनी हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ । यद्यपि दशैं बिदा सुरु भएकाले अब धरौटी वा तारेखमा छाड्दा पनि हुने भन्दै प्रहरीको ध्यानाकर्षण गराएको हो । @अनलाइनखबर...
आज रातिदेखि डीभी फारम खुला

आज रातिदेखि डीभी फारम खुला

समाचार
१६ असोज, काठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । @अनलाइनखबर...
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

समाचार
१६ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ । काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् । मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको छ । डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे । यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो । देशव्यापी ब...
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

समाचार
१६ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । यादवको समितिले बुधबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । @अनलाइनखबर...
महिलाको चरित्र हत्या आरोप लागेका युवक विमानस्थलबाट पक्राउ

महिलाको चरित्र हत्या आरोप लागेका युवक विमानस्थलबाट पक्राउ

समाचार
१६ असोज, काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा मंगलबार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए । पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ । उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो । @अनलाइनखबर...
राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

राष्ट्रसंघका महासचिवमाथि इजरायलले लगायो देश प्रवेशमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय, समाचार
तेल अभिभ । इजरायलले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन,’ उनले भनेका छन् । काट्जले गुटेरेसलाई अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा नगरेका महासचिव भनेर भनेका छन् । उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको पनि भनिएको छ । काट्जले इरानलाई विश्वव्यापी आतंकको जननी बताएका छन् । ‘एन्टोनियो गुटेरेसको साथ वा बिना नै इजरायल आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,’ उनले निष्कर्षमा भनेका छन् । @एजेन्सी...