समाचार

कर्णालीमा कस्तो छ सडकको अवस्था ?

कर्णालीमा कस्तो छ सडकको अवस्था ?

समाचार, स्थानिय तह / प्रदेश
सुर्खेत । बिहीबारदेखि हिन्दु नेपालीहरूको महान् चाड बडादसैँ सुरु हुँदैछ । दसैं मनाउनका लागि प्रदेश राजधानी वीरेन्द्रनगरबाट हजारौँ मान्छे बाहिरिन्छन् भने उत्तिकै मात्रा भित्रिने समेत गर्छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले मंगलबारदेखि नै मान्छेको आवत–जावत बाक्लिइसकेको बताए । तर कर्णालीमा मानिसहरू गाउँ फर्कन मिल्ने र सहज रूपमा सवारी साधन चल्ने सडक संरचनाबारे भने चिन्ता गर्नुपर्ने अवस्था छ । विशेषगरी कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला), सुर्खेत–दैलेख, भेरी करिडोर छिन्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी लगायतका प्रमुख राजमार्गहरूको अवस्था अविरल वर्षाका कारण राम्रो छैन । कर्णाली राजमार्गका अधिकांश ठाउँमा जताततै खाल्डाखुल्डी छन् । कर्णाली आफैमा सडक सुरक्षाको दृष्टिले ज्यादै संवेदनशील र जोखिमयुक्त छ । अझ वर्षाका कारण ठाउँ–ठाउँमा सडकको अवस...
हाम्रो न्यायपालिका पुरुष प्रधान छ : सञ्चारमन्त्री गुरुङ

हाम्रो न्यायपालिका पुरुष प्रधान छ : सञ्चारमन्त्री गुरुङ

समाचार
१६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको न्यायपालिका पुरुष प्रधान रहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समावेशी नभएको डरलाग्दो ठाउँ नै न्यायपालिका रहेको बताएका हुन् । ‘हाम्रो न्यायपालिका यति धेरै पुरुष प्रधान छ, यति धेरै एकल प्रधान छ, त्यो बहुलवादी पनि हुन सकेको छैन’, उनले भने । अहिलेको मन्त्रिपरिषद र राजनीतिक नियुक्तिहरु समावेशी हुन नसकेको भन्दै उनले यसका लागि दाब सिर्जना गर्नुपर्ने बताए । ‘४० प्रतिशत (महिला प्रतिनिधित्व) त हामीले स्थानीय तहबाट सुरु गरिसकेको छौं । एक तिहाइ त सबै ठाउँमा अहिले पनि व्यवस्था छ । राजदूत किन एक दुई जना मात्रै ? यहाँ एक तिहाइ त हुनुपर्थ्यो नि’, उनले प्रश्न गरे, ‘…क्याबिनेटमा दुई जना मात्रै किन ? अहिले हामी २२ जना छौं । जम्मा दुई जना कति प्रतिशत हो ?’ @अनलाइनखबर...
रोशीको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

रोशीको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

समाचार
१६ असोज, काभ्रे । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको बाढीपहिरोबाट जनधनको क्षति हुनुका साथै बस्ती, औद्योगिक ग्राम र डम्फु जीवन्त सङ्ग्रहालय बगाएको हो । रोशी गाउँपालिकाले बाढीपहिरोबाट अर्बौंको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल भवनसहित सो क्षेत्रको बस्ती, रोशी–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम र सोही ठाउँमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालयसहितको उद्यान बगाएको उहाँले जानकारी दिए । पक्की तथा झोलुङ्गे पुल, नार्क पुल र कालढुङ्गाको बस्ती बगाएको छभने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुरेर क्षति पुर्‍याएको अध्यक्ष लामाले जानकारी दिए । प...
माटोको ढिस्कोले पुरेर हुम्लामा २ जनाको मृत्यु

माटोको ढिस्कोले पुरेर हुम्लामा २ जनाको मृत्यु

समाचार
१६ असोज, सुर्खेत। माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । दसैँ नजिकिए सँगै घर सजावटका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा मल्ल रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार दसैँमा घर सजावटका लागि घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको बुधवार बिहान ढिस्कोले पुरिएर ज्यान गएको हो । उनीहरूसँगै गएका अर्का एक स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने मृतकको शव जिल्ला अस्पताल हुम्लामा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । @अनलाइनखबर...
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारका लागि १३ जनाको आवेदन

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारका लागि १३ जनाको आवेदन

समाचार
१६ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)को रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले भदौ ३० गते १० दिने सूचनामार्फत आवेदन मागेका थिए । तीन सदस्यीय रजिस्ट्रार सिफारिस समिति गठन गरिएको र सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उपकुलपति गौतमले अनलाइनखबरलाई बताए । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा नाम सिफारिस गर्नेछ । नयाँ रजिस्ट्रारका लागि १३ जनाको दरखास्त परेको विश्वविद्यालयका उपकुलप...
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

समाचार
१६ असोज, धनगढी। प्रहरीले एक सय दुई ग्राम बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-२० को एयरपोर्टबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बैराहिज रुपेडिया स्टेशन रोड उत्तर प्रदेश बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका-५ घर भएका ४१ वर्षीय बालचन्द्र कामी रहेकोलागुऔषध ब्युरोले जनाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टाेलीले दुवै जनालाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा नियणन्त्रमा लिएको थियो। प्रहरीले भारतीय नागरिक राहुल शुक्लाले तल्लो शरीरमा लगाएको खैरो रंगको टाउजरको दाहिने खल्तीमा प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो । उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि जिल्...
बागलुङका पर्यटकीय क्षेत्र सुनसान

बागलुङका पर्यटकीय क्षेत्र सुनसान

समाचार
१६ असोज, ढोरपाटन। बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्। बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम भएको छ। गतवर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो। अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन् । सडक खुल्न नसक्दा घरबास (होमस्टे) पनि सञ्चालन हुन सकेका छैनन् । घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन्। जिल्ला सदरमुकाम बागलुङबजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ। यसवर्ष लामो झरीले गर्दा आधा अ...
२६ सयमुनि झर्‍यो सेयर बजार, कारोबार घट्यो

२६ सयमुनि झर्‍यो सेयर बजार, कारोबार घट्यो

आर्थिक / ब्यापार, समाचार
१६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो । ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे । थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.४५, अपरहेवाखोलाको ८.०२, नेपाल वेयरहाउजिङको ७.७, उपकार लघुवित्तको ७.६, गुडविल फाइनान्सको ७.१ तथा गुराँस लघ...
सडक मर्मत गरी यातायात सहज बनाउन भौतिक र रक्षामन्त्री छलफल

सडक मर्मत गरी यातायात सहज बनाउन भौतिक र रक्षामन्त्री छलफल

समाचार
१६ असोज, काठमाडौं । बाढीपहिरोले अवरुद्ध सडक मर्मत गरी यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ । बुधबार यातायात मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडक मर्मत र निर्माणका लागि दुवै मन्त्रालयबीच सहकार्य गर्नेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । चाडपर्वका बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्ने भएको छ । बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराइ सवारी आवागमन सहज बनाउन मन्त्रीहरूबीच छलफल भएको हो । छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायत सहभागी थिए । सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालन गरी सवा...
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या

बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या

समाचार
१६ असोज, बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९० घर पूर्णरुपमा नष्ट भएको छभने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत...