समाचार

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

समाचार
१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो । ‘विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो’ अख्तियार स्रोतले भन्यो,‘तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको हो ।’ अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ । @अनलाइनखबर...
‘हनीट्र्याप’को धन्दा : ५ लाख फिरौती लिएर हत्या

‘हनीट्र्याप’को धन्दा : ५ लाख फिरौती लिएर हत्या

समाचार
१६ असोज, काभ्रे । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो । अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।...
विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

समाचार
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय गरेको हो । परिषद्का सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयलाई पालना गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मल्होत्राले भने, ‘चाडपर्व नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितको सेवामा लाग्नुपर्ने अवस्था छ ।’ उनका अनुसार वर्षाको कारणबाट भएको भौतिक एवं मानवीय क्षतिको यकिन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्ने तयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ । गृह मन्त्रालयबाट गठित विपद् व्यवस्थापन समितिमा नेपाल चेम्...
टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा

टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा

समाचार
१६ असोज, काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ । टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् । भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्र...
बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

समाचार
काठमाडौँ । गृह मन्त्रालयको कार्यदल बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए । कार्यदललाई बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौँमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपलान्चोक वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ । कार्यदललाई अति वर्षका कारण उत्पन्...
रास्वपा सांसद अर्यालको राउतलाई प्रश्न : दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?

रास्वपा सांसद अर्यालको राउतलाई प्रश्न : दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?

समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन् । बुधवार संसदीय सुनुवाइ समिति बैठकमा सांसद अर्यालले सो प्रश्न गरेका हुन् । उनले भने, ‘दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नुभएको छ ?’ सांसद अर्यालले विकासका विषयमा छिटो अन्तरिम आदेश गरी विकास विरोधी आदेश गरेको आरोप समेत लागेको बताए । उनले भने, ‘विकास रोक्ने किन ?’ अर्यालले नेपाली सेना र सर्वोच्चमा सैनिक कल्याणकारी कोषको दुरुपयोग छ भन्ने आरोप लागेको भन्दै त्यस्तो किन भएको भन्दै प्रश्न गरे । उनले अदालतमा फाइल खोज्न घुस लिने गरेको र फाइल नभेटिएको कुरा किन आउँछ ? भन्दै सिंहलाई प्रश्न गरे । उनले बाजुराको हत्यामा संलग्नलाई किन साधारण तारेखमा छोडियो ? भन्दै प्रश्न गरे । @रातोपाटी...
अखिल क्रान्तिकारीमा पदाधिकारी बाहेक पनि अध्यक्षको उम्मेदवार बन्न पाउने विकल्पबारे छलफल

अखिल क्रान्तिकारीमा पदाधिकारी बाहेक पनि अध्यक्षको उम्मेदवार बन्न पाउने विकल्पबारे छलफल

समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमा यसअघि पदाधिकारी नभएकाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने विकल्पबारे छलफल भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको विद्यार्थी सङ्गठनका इन्चार्जसहित पार्टीको पदाधिकारी बैठकमा विकल्पबारे छलफल भएको एक विद्यार्थी नेताले जानकारी दिए । क्रान्तिकारीको प्रस्तावित विधानमा कम्तीमा एक वर्ष पदाधिकारीमा काम गरेकामात्रै अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ । मस्यौदा विधानको दफा(ङ)को उपदफा १ मा सङ्गठनको केन्द्रीय समितिको अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल केन्द्रीय समितिको पदाधिकारी हुनुपर्ने उल्लेख छ । यस्तै उपदफा २ केन्द्रीय समितिको अन्य पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समितिमा कम्तीमा एक कार्यकाल केन्द्रीय सचिवालय सदस्य हुनुपर्ने व्यवस्था रहेको छ । उपदफा ३ मा के...
कोराना जोखिम बढेसँगै खोप अभियान सुरू

कोराना जोखिम बढेसँगै खोप अभियान सुरू

समाचार
१६ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ । नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो । धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ । ‘प्रत्येक वडामा तोकिएको खोप केन्द्रमा आजदेखि कोरोना विरुद्धको फाइजर खोप दिइदै छ’, उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ, ‘हालसम्म कोरोनाको खोप नलाएको वा पहिला खोप लगाएको कम्तीमा पनि एक वर्ष पुगेका सम्पूर्ण व्यक्तिलाई खोप दि...
९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?

९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?

समाचार
काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार ३०५ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ पर्यटक आएका थिए । तर पनि सेप्टेम्बरमा नेपाल आउनेमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै हो । दोस्रोमा अमेरिकाबाट १० हजार ८४ जना आएका छन् । त्यस्तै चीनका ८ हजार ४२, अस्ट्रेलियाका ५ हजार ३८, बेलायतका ४ हजार ४ सय ९३, बंगलादेशका ४ हजार १०३ लगायत देशका पर्यटक नेपाल आएका छन् । कुन महिनामा कति ? जनवरी : ७९, १०० फेब्रुअरी : ९७,४२६ मार्च : १,२८,१६७ अप्रिल : १,११,३७६ मे : ९०,२११ जुन : ७६,७३६ जुलाई : ६४,५९९ अगस्ट : ७२,७१९ सेप्टेम्बर : ९६,३...
बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली

बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली

समाचार
१६ असोज, काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुवानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाएको छ । गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा सहसचिव नेतृत्वको टोली खटिएको छ । काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाल खटिएका छन् । कार्यदललाई बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कामबारे सुझाव दिने जिम्मेवारी तोकिएको छ । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, ...