समाचार

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

समाचार, स्थानिय तह / प्रदेश
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो । दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयहरूमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो । यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकहरूसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ । सम्बन्धित स्रोत केन्द्र विद्यालयको हकमा सम्बन्धित स्रोत शिक्षकले शिविरको अगुवाइ गर्नुका साथै अन्य विद्यालय केन्द्रको हकमा प्रधानाध्यापकले अगुवाइ गर्नुपर्ने महानगरले जनाएको छ । उक्त शिविरमा कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ ।...
अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

समाचार
१६ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ । बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए । विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् । अध्यक्ष सिंहले अनलाइनखबरसँग भनिन्, ‘उमेर हदका लागि मतदान अनिवार्य नै छ । तर, यसका प्रावधानहरुका बारेमा साथीहरुका केही विमतिहरु छन् । ...
बालाजुमा एक महिला मृत भेटिइन्

बालाजुमा एक महिला मृत भेटिइन्

समाचार
१६ असोज, काठमाडौं । बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन । प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । @अनलाइनखबर...
राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

समाचार
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ। @रातोपाटी...
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले  पेस गरे २४ बुँदे योजना

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पेस गरे २४ बुँदे योजना

समाचार
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन्। बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् । @रातोपाटी...
बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो : भानुभक्त जोशी

बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो : भानुभक्त जोशी

समाचार
काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको बताएका छन् । बुधबार कृषि समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । बैठकमा बोल्दै उनले भने–‘मान्छेलाई बाँच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । यसमा हामी गम्भीर हुनुपर्छ । कृषि पशु व्यवसायमा लाग्नेको अवस्था त्यसै त समस्याग्रस्त थियो । महासंकटले झन् समस्या थपेको छ ।’ ढकालले यो विषयमा मन्त्रालय झन् जिम्मेवार हुनुपर्नेमा जोड दिए । @रातोपाटी...
लुम्बिनी प्रदेश सरकारद्वारा राहत वितरण गर्नको  चालु आर्थिक वर्षमा ४० लाख निकासा

लुम्बिनी प्रदेश सरकारद्वारा राहत वितरण गर्नको चालु आर्थिक वर्षमा ४० लाख निकासा

समाचार, स्थानिय तह / प्रदेश
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनर्स्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको आधारमा उक्त रकम निकास गरिएको हो । साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरण अनुसार राहत तर्फ ३४ लाख ७५ हजार र पुनर्स्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ । राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए । पुनर्निर्माणको लागी प्...
राष्ट्रिय युवा संसदको घोषणा

राष्ट्रिय युवा संसदको घोषणा

समाचार
१६ असोज, काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टले ‘राष्ट्रिय युवा संसद’ अभियानको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो । युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा संसद अभियान घोषणा गरिएको हो । दुई बर्षसम्म तयारीका रुपमा चल्ने यस अभियानले युवाको सशक्तिकरण, नेतृत्व विकास र उनीहरुको राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएाके छ । यस कार्यक्रमले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट २ वर्षका लागि चयन गर्नेछ । यस प्रक्रिया अन्तर्गत आगामी २०८२ साल वैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ । बुधबार आयोजित घोषणा कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीाला कार्...
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो । उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो । हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नस...
स्याङ्जामा घनले हानेर एक जनाको हत्या

स्याङ्जामा घनले हानेर एक जनाको हत्या

समाचार
१६ भदौ, काठमाडौं । स्याङ्जाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा एक जनाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए । घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । @अनलाइनखबर...