समाचार

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा चार तारे होटलको मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा चार तारे होटलको मान्यता

आर्थिक / ब्यापार, समाचार
चैत्र १३, २०८०, कपिलवस्तु ।सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टुले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो ।लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छु पर्यटन विभागले भनेको छ ।२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको फिस फार्मु समेत रहेको छ ।त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरि...
होलीमा रुपन्देहीमा ४ वटा दुर्घटना, १ जनाको मृत्यु

होलीमा रुपन्देहीमा ४ वटा दुर्घटना, १ जनाको मृत्यु

समाचार
बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ। होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षीय प्रवीण कँडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको तथा कँडेललाई उपचारका लागि अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए । प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।...
भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

समाचार, समाज
बुटवल । भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१ वर्षीइ सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु, पाल्पा रैनादेवी छहरा गाउँपालिका–७ का ५६ वर्षीय विनोद थापा र सोही ठाउँका वुद्धबहादुर भन्ने २४ वर्षीय रमेश कुमाल रहेका छन् । रैनादेवी छहरास्थित अस्थाई प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ शंका लागि चेकजाँच गर्ने क्रममा सैनामैनाका सुकई थारु र सन्तोष राना तथा रैनादेवीका विनोद थापाको साथबाट बन्दुकमा प्रयोग हुने गोलीका छर्रा र बारुद बरामद गरिएको प्रहीले जनाएको छ । नियन्त्रणमा लिएर उनीहरुलाई सोधपुछ गर्ने क्रममा रैनादेवीकै बुद्धबहादुरको घरमा बन्दुक भएको बयानका आधारमा प्रहरीले खानतलासी गर्न पुगेको थियो । सो...
बाँदर धपाउन कर्मचारी नियुक्ति गर्ने निर्णय, कानुन मन्त्रीसँग कानुन बनाउन माग

बाँदर धपाउन कर्मचारी नियुक्ति गर्ने निर्णय, कानुन मन्त्रीसँग कानुन बनाउन माग

समाचार
१३ चैत पर्वत । पर्वतको महाशिला गाउँका स्थानीय बासीले कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग बाँदर नियन्त्रणका लागि कानुन निर्माण गरिदिन माग गरेका छन् । मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि उपस्थित मन्त्रीसँग उनीहरूले बाँदर आतङ्कका कारण गाउँ बस्ती विस्थापित भएको गुनासो गरे । ‘‘कि बस्ती स्थानान्तरण गर्नुपर्‍यो कि त जनतालाई बस्ने वातावरण बनाई दिनपर्‍यो’’ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले मन्त्रीसँग गुनासो गरिन्,‘‘पहिला बाँदर लखेट्ने जनतालाई अहिले बाँदरले लखेट्न थाल्यो । हामी गाउँमा बसिसक्ने अवस्था भएन ।’ महाशिला गाउँपालिकाका पूर्वअध्यक्ष राजु पौडेलले आफू गाउँपालिका अध्यक्ष हुँदा बाँदर समातेर निकुञ्ज पठाउन खोज्दा अवरोध भएकाले तत्काल कानुन बनाएर दिगो समाधान खोज्न आग्रह गरे । उनले भने,‘स्थानीय जीवन उच्चै ठकुरीले पहिला बाँदरले बालीनालीमा क्षति पुर्‍याउ...
टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

समाचार
१३ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिदका क्रममा ठेक्का सम्झौता नै नभएको कम्पनीलाई करिब १७ करोड रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । टेरामक्स प्रविधि स्थापनाका लागि अन्तर्राष्ट्रिय बजारबाट उपकरण खरिद गर्ने र त्यही स्तरको सफ्टवेयर बनाउने भनी भेन्राइज सोलुसन्सले प्राधिकरणको ठेक्का पाएको थियो । तर उक्त प्रणालीसँग सम्बन्धित केही उपकरण नेपालमै खरिद भएको भन्दै नेपाली कम्पनी म्याक्स इन्टरनेशनलाई प्राधिकरणले करिब १७ करोड रुपैयाँ भुक्तानी दिएको हो । ‘नेपाली बजारमा यी उपकरण उपलब्ध छैनन्, नेपालीहरु यससँग सम्बन्धित सफ्टवेयर समेत बनाउन सक्दैनन् भन्ने अनुमानका साथ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर ठेक्कापट्टा भयो’, प्राधिकरण स्रोतले भन्यो, ‘तर छानिएकै कम्पनीले यी सामान मैले नेपाली बजारबाट खरिद गरेको हुँ भनी स्थानीय स्तरमा भुक्तानी गर्न पत्राचार गरेको देखियो । यो सर...
दोस्रो टी–२० मा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

दोस्रो टी–२० मा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

खेलकुद, समाचार
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३(३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १(१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्राम...