समाचार

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

समाचार, समाज
२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ । रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो । ‘भारतबाट राति विद्युत् किन्दा महँगो पर्ने भन्दै मुलुकलाई ...
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

राजनीति, समाचार
२३ चैत, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए । लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।...
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

समाचार, समाज, स्वास्थ्य
रासस -भीष्मराज ओझा काठमाडौँ । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो । तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ । विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात...
वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

समाचार, समाज
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको ...
पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

समाचार, सूचना-प्रविधि
उसाे त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकाेले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुनसक्छ । यस्ताेमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चितजस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिनसक्छ । १. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञात हुन्छ ! पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनुपर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञात हुन्छ र उनीहरू घुम्न जान राम्राे ठाउँ राेज्न सहयाेग गर्न सक्छन् । २. उनीहरू सिर्जनशील हुन्छन् लेखनी पेसा भएका कारण सिर्जनशीलता ...
चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२३ चैत, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेन्डर खोलिएको छ । विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । ३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको पाइएको बताए । ‘अहिले अरु विडरहरु आएको देखिएन, एक मात्रै कम्पनीले ठेक्का हालेको पाइयो’ इन्जिनियर आचार्यले भने, ‘अब ठेक्का हाल्ने कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन सुरु गर्छौं ।’ आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र...
लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय बाँडफाँट

लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय बाँडफाँट

राजनीति, समाचार
२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त नहुँदै सत्ता गठबन्धन दलले मन्त्रालय बाँडफाँट गरेका छन् । दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको स्रोतले बतायो । सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति पनि भएको छ । बिहीबार गठबन्धनका चार दल र एक स्वतन्त्र सांसद बीच पाँच बुँदे सहमति भएको विज्ञप्ति बाहिर आए पनि जसपालाई शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने गरी अर्को ७ बुँदे सहमति समेत भएको खुलेको छ । ‘गोप्य राखिएको सहमतिको अर्को बुँदामा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई सरकारमा सहभागी गराउने भन्ने छ,’ स्रोतले भन्यो, ‘उनीहरुलाई कुन मन्त्रालय ...
नेपालले भारतमा आज बरोडासँग खेल्दै

नेपालले भारतमा आज बरोडासँग खेल्दै

खेलकुद, समाचार
२३ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् । यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्र...
लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, बोलाए संसदीय दलको बैठक

राजनीति, समाचार
२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए । ‘आज बिहानसम्म पनि विश्वासको मत लिने तयारी थियो,तर अहिले मुख्यमन्त्रीले राजीनामा दिने कुरा आएको छ’, उनले भने, ‘अहिले १ बजे संसदीय दलको वैठक छ, संभवतः मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराउनुहुन्छ होला ।’ बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल...
धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढीमा प्रहरी जवान मृत भेटिए

समाचार, समाज
२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।...