समाचार

लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

लुम्बिनी प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत माग्ने वा राजीनामा दिने अन्यौलमा

राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री तथा सांसदहरुले पनि विश्वासको मतमा जानुभन्दा राजीनामा गर्न सुझाव दिइरहेका छन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३/३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत हुन आउँछ । यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), ...
१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

समाचार
२२ चैत, काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरको हो । बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगरको अंक ९७.०१६० रहेको छ ।...
कोलकातासँग दिल्ली १०६ रनले पराजित

कोलकातासँग दिल्ली १०६ रनले पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो । केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीन/तीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारानेले एक/एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।...
विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

विद्यालयले महँगो शुल्क असुल्दा पनि सरकार बोल्दैन : कांग्रेस सांसद बस्नेत

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले कतिपय निजी विद्यालयले महँगो शुल्क असुलिरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अनेक शीर्षकमा विद्यालयहरूले शुल्क असुल्ने र अभिभावकहरूलाई पीडा दिने काम गरिरहेको टिप्पणी गरे । ‘नानी–बाबुहरू विद्यालय जान पाउँदा खुसी छन् । तर उनीहरूका अभिभावकको दुःख बेग्लै छ । कारण विद्यालयहरूले भर्नाको नाममा महँगो शुल्क असुलिरहेका छन्,’ बस्नेतले भने, ‘विद्यालयले भनेकै पसलमा, भनेकै मूल्यमा पोशाक र किताब किन्नुपर्ने बाध्यता छ । यस्तो विषयमा सरकारले बोल्नुपर्दैन ?’ एकपटक भर्ना भएका विद्यार्थीले सोही विद्यालयको अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन भनिए पनि धेरै निजी विद्यालयले वार्षिक शुल्क असुलिरहेको बस्नेतले बताए । उनले भने, ‘अभिभावक एउटा बच्चाका लागि ६०–७० हजार रुप...
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते

राजनीति, समाचार
२१ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।...
शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

राजनीति, समाचार
२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी सबै एकवद्ध छौं । यसको ऐन नै पनि छ । जसमा सबै सर्वसम्मत हुनुहुन्छ’ मन्त्री श्रेष्ठले भनिन् । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रावधान छ । प्रचलित यो ऐनमा सबै सर्वसम्मत रहेको शिक्षामन्त्री श्रेष्ठले दाबी गरेकी हुन् । विद्यार्थी संगठनहरूको पनि दुरुपयोग भएको शिक्षामन्त्री श्रेष्ठ बताउँछिन् । ‘हामीले युवा विद्यार्थीहरूको भातृ संगठन बनायौं । सुरूमा अरू केही उद्देश्य भए ...
गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

खेलकुद, समाचार
२१ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ । अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक याद...
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

अन्तर्राष्ट्रिय, समाचार
२१ चैत, काठमाडौं । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ । भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको देखिन्छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।...
बुटवलका तत्कालिन डीएसपी ठगबहादुर दोषी ठहर, २ वर्ष कैद सजायको फैसला

बुटवलका तत्कालिन डीएसपी ठगबहादुर दोषी ठहर, २ वर्ष कैद सजायको फैसला

समाचार
बुटवल । १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रितेन्द्र थापासहितको इजलासले उनलाई मंगलबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी केसी बुटवलमा कार्यरत रहँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो। २५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यस बारेमा कार्यालयमा जानकारी गराएका थिएनन् । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएका थिए । तर उनले सुन फिर्ता नगरी आफैंसँग राखेका थिए। त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख...
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

खेलकुद, समाचार
काठमाडौं । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो । अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ । एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम: विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।...