समाचार

नेपाललाई तहसनहस बनाएपछि बिहारमा बाढीको ताण्डव

नेपाललाई तहसनहस बनाएपछि बिहारमा बाढीको ताण्डव

समाचार
काठमाडौँ । असोज १० र ११ गते नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा बाढीको प्रभाव असोज १३ गतेदेखि नै कम हुँदै गइरहेको छ । हरेक नदीमा पानीको बहाब कम भएको छ । तर नेपालका विभिन्न भागमा तहसनहस हुने गरी आएको बाढी अहिले भारतमा पुगेर ताण्डव मच्चाइरहेको छ । असोज १३–१४ गतेदेखि बिहारमा बाढीले ठुलो क्षति गरिरहेको छ । भारतीय सञ्चारमाध्यम अनुसार भारत, बिहारका १६ वटा जिल्लाका २६९ वटा ग्राम पञ्चायत बाढीबाट पूर्ण रूपमा प्रभावित छन् । नेपालको सीमासँग जोडिएको सात वटा तटबन्धलाई बाढीले भत्काएको छ । बाढीले गाउँका गाउँ नै बगाएको छ । बिहारका अधिकारीहरूका अनुसार सन् १९५६ पछि यस्तो बाढी पहिलो पटक देखिएको हो । सन् २००८ मा कोशीको तटबन्ध भत्किएपछि नेपाललगायत बिहारमा धेरै ठुलो धनजनको क्षति भएको थियो । तर अहिलेको जस्तो तबाही त्यतिबेला पनि थिएन ।...
देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण

देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण

समाचार
काठमाडौँ । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ । यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् । कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ? देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण फैलिएको छ ।...
वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो

वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो

समाचार
१७ असोज, वीरगञ्ज । दुर्गापक्षअन्तर्गत पहिलो दिन वीरगञ्जको प्रसिद्ध मन्दिर गहवामाई भगवतीसहित जिल्लाका मन्दिरमा बिहानैदेखि दशनार्थीको घुइँचो लागेको छ । नवरात्रमा देवीका मन्दिरमा दर्शन गरी पूजाआजा गरेमा सुख, शान्ति प्राप्त हुने तथा विजयी भइने धार्मिक विश्वासका साथ जिल्लाका देवी मन्दिरमा दशनार्थीको घुइँचो लागेको हो । गहवामाई भगवती मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख, समृद्धि प्राप्त हुनुका साथै सफलता प्राप्त हुने धार्मिक विश्वासका साथ बिहानैदेखि दर्शन गर्न आउने भक्तजन घुइँचो लागेको बताए । गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेकामा घटस्थापनाको मुख्य पूजा भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार गरिएको पुरोहित उपाध्यायले जानकारी दिए । मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थ...
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

समाचार
क्यानबेरा । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो सङ्ख्या सन् २०२३ को अगस्ट (३० हजार ७०३) को आधा हो । अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा १८ हजार ६९७ विद्यार्थीहरूले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरूले आवेदन हालेका थिए । हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलर बाट बढाएर एक हजार ६०० अष्ट्रेलियाली डलर बनाएको छ । सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहर...
पिएन क्याम्पसको २२२ रोपनी जग्गा सरकारीकरण, क्याम्पस परिवार आन्दोलित

पिएन क्याम्पसको २२२ रोपनी जग्गा सरकारीकरण, क्याम्पस परिवार आन्दोलित

समाचार, स्थानिय तह / प्रदेश
पोखरा । देशभरमै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गा सरकारीकरण भएसँगै क्याम्पस आन्दोलित भएको छ । क्याम्पसले भोगचलन गर्दै आएको कित्ता नम्बर ८३३ को २२२ रोपनी जग्गा मालपोत कार्यालय कास्कीले गएको भदौ २५ गते सरकारको नाममा दर्ता गराएको हो । सोही जग्गा आफ्नो नाममा आउनुपर्ने दाबी क्याम्पसले गरेको छ । भोगचलन र संरक्षणका हिसावले पनि जग्गाको स्वामित्व क्याम्पसकै हुनुपर्ने यथेष्ट प्रमाण आफूहरुसँग भएको भन्दै क्याम्पस परिवारले जग्गा दर्ता तत्कालै खारेज गर्न माग गरेको हो । यसैको दबाब स्वरूप दुई वटा समिति गठन भएको छ । असोज ९ गते बसेको स्टाफ मिटिङबाट क्याम्पस प्रमुखको संयोजकत्वमा प्रशासनिक र कानुनी प्रक्रिया अघि बढाउने समिति र प्राध्यापक सङ्घको सभापतिको अध्यक्षतामा दबाब समिति गठन भएको हो । दुवै समितिले काम सुरु...
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

समाचार
१७ असोज, धनगढी। कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् । यस्तै भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्...
बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ

बुल्गेरिया पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ

समाचार
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र निता गौतम सुवेदी छन् । उनीहरू दम्पती हुन् । आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको छ । @रातोपाटी...
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो,  अझै ३१ स्थानमा अवरोध

वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध

समाचार
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ । @रातोपाटी...
काठमाडौं जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयो : भौतिक मन्त्री

काठमाडौं जोड्ने दुई राजमार्गमा नसोचेको क्षति भयो : भौतिक मन्त्री

समाचार
१७ असोज, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन् । बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको उनले बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पर्ने तर्क गरे । अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको भए पनि आँखा चिम्लनु परेको उनले बताए । तर, धेरै नै भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने उनको भनाइ छ । काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उनको भनाई छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको उनले बताए । @अनल...
भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

समाचार
१६ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा ख...