समाज

भिक्षुमाथि भएको दुर्व्यवहारको आलोचना

भिक्षुमाथि भएको दुर्व्यवहारको आलोचना

समाचार, समाज
काठमाडौँ । बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो । अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबिच झडप भएको थियो । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडियो र फोटोमा देख्न सकिन्छ । यसैबिच प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।...
कोशीमा केदार कार्कीको अडान : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

कोशीमा केदार कार्कीको अडान : राजीनामा नदिने, विश्वासको मत पनि नलिने

राजनीति, समाचार, समाज
२५ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । गत २७ असोजमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि परीक्षण नगर्ने अडान लिएका हुन् । २१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कोशीमा वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डामा कोशी नेकपा एमालेको भागमा परेको छ । तर संवैधानिक अप्ठ्यारोका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र देखिएको छैन । २७ असोजमा ८ जना सांसदसहित नेपाली कांग्रेस भित्र विद्रोह गरेका केदार कार्की नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी नेतृत्वको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका ३ र एकीकृत समाजवादी पार...
सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

समाचार, समाज
२५ चैत, जनकपुरधाम । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् । सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।...
गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ : चन्द्र भण्डारी

राजनीति, समाचार, समाज
२५ चैत,बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए । ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानवीन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’ नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए । उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रत...
१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

अन्तर्राष्ट्रिय, समाचार, समाज
२५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज कारागारमा गत बुधबार बिहान एक कैदीबन्दीको मृत्यु भयो । कारागारका जेलर अर्जुनजंग शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह एक्कासी बिरामी परेपछि भेरी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । १७ पुसमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका जोलाहलाई बाँके जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको अस्पताल प्रशासनको दाबी छ । जोलाहको मृत्यु हुनुभन्दा चार दिनअघि १७ चैतमा सुनसरीको झुम्का कारागारमा अर्का कैदीबन्दीको शंकास्पद मृत्यु भयो । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भएका ४२ वर्षीय न्यायाधीश राई कारागारभित्रै मृत अवस्थामा भेटिएका थिए । उनका दाइ सुवासले भाइको शरीरमा निलडाम देखिएको भन्दै हत्या भएको ...
लामखुट्टेको लार्भा मार्न  काठमाडौं महानगरपालिकामा ‘बायो लार्भिसाइड’ प्रयोग

लामखुट्टेको लार्भा मार्न काठमाडौं महानगरपालिकामा ‘बायो लार्भिसाइड’ प्रयोग

समाचार, समाज, स्वास्थ्य
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्न जैविक कीटनाशक ‘बायो लार्भिसाइड’ प्रयोग गर्न लागेको छ । मेयर बालेन शाहले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमा पहिलो पटक बायो लार्भिसाइड प्रयोग गर्न लागिएको जानकारी दिए । शाहले कीटनाशक अर्गानिक भएकाले लामखुट्टे र लार्भाबाहेक अन्य जीवलाई हानी नगर्ने बताए । एक सामाजिक साइट प्रयोग गर्दै, उनी लेख्छन्, "बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छर्किनुपर्छ। यसले लार्भाको पेटमा विष उत्पादन गर्छ र पाचन प्रक्रियालाई नष्ट गर्छ, जसले गर्दा लार्भालाई मार्छ। यसबाट डेंगु, फाइलेरिया र मलेरिया फैलाउने सबै प्रकारका लामखुट्टेको लार्भा र प्युपा नष्ट गरिनेछ ।” डेङ्गु सम्बन्धि परामर्श दिने निशुल्क हटलाइन टेलिफो...
KMC using ‘Bio Larvicide’ to kill mosquito larva

KMC using ‘Bio Larvicide’ to kill mosquito larva

समाचार, समाज, स्वास्थ्य
Kathmandu: Kathmandu Metropolitan City (KMC) is going to use the organic insecticide ‘Bio Larvicide’ to destroy mosquito larvae to control dengue in the metropolitan city. Mayor Balen Shah shared that Bio Larvicide is going to be used for the first time in Nepal to destroy the mosquito larvae. Shah said the insecticide is organic and it does not harm any other creatures except mosquitoes and their larva. Using a social site, he writes, “Bio Larvicide is organic. It does not harm any other creatures except mosquitoes and their larva. It is not a pesticide. The insecticide should be sprayed on top of the water. It produces poison in the abdomen of larvae and destroys the digestive process, thereby killing the larva. Larva and pupa of all types of mosquitoes spreading dengue, filariasis...
नाबालक बालबालिकाको सर्वोत्तम हितको संरक्षण

नाबालक बालबालिकाको सर्वोत्तम हितको संरक्षण

समाचार, समाज
केही समय अगाडि भारतको सर्वोच्च अदालतले बच्चाको संरक्षकत्व सम्बन्धी एउटा मुद्दामा पति र पत्नीबीचको सम्बन्धको मुद्दामा जसले जिते पनि सबैभन्दा ठूलो हार नाबालक सन्तानको हुन्छ भनी उल्लेख गरेको छ । वास्तवमा बाबु-आमाको विवाद वा झै–झगडाले नाबालकको कलिलो मस्तिष्कमा नकारात्मक असर पर्दछ । यसको न्यूनीकरणका लागि अभिभावक दुवैले प्रयास गर्न आवश्यक छ । पति र पत्नीबीच जस्तोसुकै ठूलो झगडा भए पनि बच्चाको दायित्व दुवैले पूरा गर्नुपर्ने हुन्छ । अभिभावक तथा राज्यले सधैं बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने हुन्छ । जैविक बाबुआमा दुवै नाबालक सन्तानको प्राकृतिक संरक्षक हुन् । त्यसैले पति वा पत्नीले नाबालक सन्तानलाई अर्को पक्षको जानकारी वा मञ्जुरी विना नै आफूसँगै राखेमा नाबालक बच्चाको अपहरण गरेको वा बन्दी बनाएको मानिंदैन । अदालतबाट पनि अपवाद बाहेक नाबालक बच्चाको जैविक बाबु–आमा जीवित रहेसम्म परिवा...
थाइल्याण्डसँग जोडिएको म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

थाइल्याण्डसँग जोडिएको म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

समाचार, समाज
२५ चैत, काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए । अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् । थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ । यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको बीबीसीले जनाएको छ । ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार ...
सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

समाचार, समाज, सूचना-प्रविधि
२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ । यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो । केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो । प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढ...