समाज

KMC using ‘Bio Larvicide’ to kill mosquito larva

KMC using ‘Bio Larvicide’ to kill mosquito larva

समाचार, समाज, स्वास्थ्य
Kathmandu: Kathmandu Metropolitan City (KMC) is going to use the organic insecticide ‘Bio Larvicide’ to destroy mosquito larvae to control dengue in the metropolitan city. Mayor Balen Shah shared that Bio Larvicide is going to be used for the first time in Nepal to destroy the mosquito larvae. Shah said the insecticide is organic and it does not harm any other creatures except mosquitoes and their larva. Using a social site, he writes, “Bio Larvicide is organic. It does not harm any other creatures except mosquitoes and their larva. It is not a pesticide. The insecticide should be sprayed on top of the water. It produces poison in the abdomen of larvae and destroys the digestive process, thereby killing the larva. Larva and pupa of all types of mosquitoes spreading dengue, filariasis...
नाबालक बालबालिकाको सर्वोत्तम हितको संरक्षण

नाबालक बालबालिकाको सर्वोत्तम हितको संरक्षण

समाचार, समाज
केही समय अगाडि भारतको सर्वोच्च अदालतले बच्चाको संरक्षकत्व सम्बन्धी एउटा मुद्दामा पति र पत्नीबीचको सम्बन्धको मुद्दामा जसले जिते पनि सबैभन्दा ठूलो हार नाबालक सन्तानको हुन्छ भनी उल्लेख गरेको छ । वास्तवमा बाबु-आमाको विवाद वा झै–झगडाले नाबालकको कलिलो मस्तिष्कमा नकारात्मक असर पर्दछ । यसको न्यूनीकरणका लागि अभिभावक दुवैले प्रयास गर्न आवश्यक छ । पति र पत्नीबीच जस्तोसुकै ठूलो झगडा भए पनि बच्चाको दायित्व दुवैले पूरा गर्नुपर्ने हुन्छ । अभिभावक तथा राज्यले सधैं बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने हुन्छ । जैविक बाबुआमा दुवै नाबालक सन्तानको प्राकृतिक संरक्षक हुन् । त्यसैले पति वा पत्नीले नाबालक सन्तानलाई अर्को पक्षको जानकारी वा मञ्जुरी विना नै आफूसँगै राखेमा नाबालक बच्चाको अपहरण गरेको वा बन्दी बनाएको मानिंदैन । अदालतबाट पनि अपवाद बाहेक नाबालक बच्चाको जैविक बाबु–आमा जीवित रहेसम्म परिवा...
थाइल्याण्डसँग जोडिएको म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

थाइल्याण्डसँग जोडिएको म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

समाचार, समाज
२५ चैत, काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए । अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् । थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ । यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको बीबीसीले जनाएको छ । ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार ...
सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

सडक बत्ती बक्यौता नतिर्ने स्थानीय तहको बिजुली काट्ने चेतावनी

समाचार, समाज, सूचना-प्रविधि
२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको जुनसुकै बेला बिजुली काटिने चेतावनी दिएको छ । यसबाट सर्वसाधारणमा पर्ने असरप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो । जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो । केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो । प्राधिकरणका अनुसार केही स्थानीय तहले भने रितपूर्वक ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानीको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म विभिन्न स्थानीय तहमा विद्युत् महसुल बक्यौता ६ अर्ब रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढ...
उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ

समाचार, समाज
२३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न थालेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो । भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ । रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ । महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो । ‘भारतबाट राति विद्युत् किन्दा महँगो पर्ने भन्दै मुलुकलाई ...
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

समाचार, समाज, स्वास्थ्य
रासस -भीष्मराज ओझा काठमाडौँ । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो । तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ । विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात...
वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

समाचार, समाज
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए । ओडको ...
आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार)

समाज
आजको राशिफल : २०८० चैत २३ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस् । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर...
धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढीमा प्रहरी जवान मृत भेटिए

समाचार, समाज
२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।...
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

समाज, स्वास्थ्य
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ? डा. कीर्तिपाल सुवेदी गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन् । खासगरी गर्भवती आमालाई वंशाणुगत रोग भएमा त्यो बच्चामा सर्न सक्छ । थालासेमिया, हेमोफिलिया, एचआईभी एड्स, थाइराइड गडबडी जस्ता समस्या भएमा तिनका शिशुमा पनि उक्त समस्या आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, मुटुरोग र क्यान्सर पनि बच्चालाई सर्न सक्छ । तर गर्भवतीलाई कुनै किसिमको वंशाणुगत रोग छैन भने शिशुमा त्यस्तो कुनै खतरा हुँदैन । गर्भावस्थामा यी नौ किसिमको वंशाणुगत समस्या भएपछि जन्मिने शिशुमा सो रोग देखापर्न सक्छ । हेमोफिलिया गर्भवती आमालाई हेमोफेलिया भएमा गर्भमा रहेको बच्चालाई हुनसक्छ । हेमोफिलिया रगत जम्ने प्रक...