समाज

दोहोरियो एउटै प्रश्न, त्रिविको लापरबाही

दोहोरियो एउटै प्रश्न, त्रिविको लापरबाही

समाचार, समाज
२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । यो निवर्तमान विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले पढाउने विषय हो । १३ चैतमा सञ्चालन भएको परीक्षाको प्रश्न दोहोरिएको र एउटै पाठबाट धेरै वटा प्रश्न सोधिएको विद्यार्थीहरू बताउँछन् । एक विद्यार्थी भन्छन् ‘त्रिविको लापरबाहीको शिकार हामी भइरहेका छौं ।’ गत वर्ष भएको परीक्षामा पनि यही विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु थियो । त्यो बेला विभागीय प्रमुख अधिकारी थिए भने पब्लिक इकोनोमिक उनले नै पढाउँथे । प्रश्नपत्र निर्माण गर्ने विषयमा भएको लापरबाहीबारे कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीले आन्दोलन गरेप...
आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

समाज
आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिए...
पाल्पामा घाँटी रेटी युवतीको विभत्स हत्या, भैरहवाबाट कुकुर लगी अनुसन्धान सुरु

पाल्पामा घाँटी रेटी युवतीको विभत्स हत्या, भैरहवाबाट कुकुर लगी अनुसन्धान सुरु

समाचार, समाज
बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्। दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबर...
कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

कञ्चनपुरमा खैराे हेराेइनसहित दुई भारती युवक पक्राउ

समाचार, समाज
१४ चैत, धनगढी । कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान पुनर्बास नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
साहित्यकार सुवेदीको निधन

साहित्यकार सुवेदीको निधन

समाचार, समाज
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो । सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् । सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।...
गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

गोवामा छोरी हराएको भन्दै खोजी गर्न धनगढीका मेयरले मागे सहयोग

समाचार, समाज
१३ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएकी फेसबुकमा उल्लेख गरेका छन् । ‘मेरी जेठी छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, मंगलबार मेयर हमालले लेखेका छन् । उनले आफ्नी कान्छी छोरी र ज्वाइँ खोजीका लागि गोवा पुगिसकेको पनि उल्लेख गरेका छन् । मेयर हमालले छोरीको खोजी गरिदिन प्रहरी कार्यालयमा भने सूचना दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उप...
भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

समाचार, समाज
बुटवल । भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१ वर्षीइ सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु, पाल्पा रैनादेवी छहरा गाउँपालिका–७ का ५६ वर्षीय विनोद थापा र सोही ठाउँका वुद्धबहादुर भन्ने २४ वर्षीय रमेश कुमाल रहेका छन् । रैनादेवी छहरास्थित अस्थाई प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ शंका लागि चेकजाँच गर्ने क्रममा सैनामैनाका सुकई थारु र सन्तोष राना तथा रैनादेवीका विनोद थापाको साथबाट बन्दुकमा प्रयोग हुने गोलीका छर्रा र बारुद बरामद गरिएको प्रहीले जनाएको छ । नियन्त्रणमा लिएर उनीहरुलाई सोधपुछ गर्ने क्रममा रैनादेवीकै बुद्धबहादुरको घरमा बन्दुक भएको बयानका आधारमा प्रहरीले खानतलासी गर्न पुगेको थियो । सो...