समाज

मधेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस

मधेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस

राजनीति, समाचार, समाज, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२३ साउन, जनकपुरधाम। मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् । जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।...
बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइयो

समाचार, समाज, समाज / जिवनशैली
२३ साउन, पोखरा । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो । बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् । गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको समयमै अस्पताल पुर्‍याउन नसक्दा साँझ मृत्यु भएको थियो । सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो । अहिले हेलिकप्टरमार्फत ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्...
सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

अन्तर्राष्ट्रिय, समाचार, समाज
चितवन — जथाभावी खनिएका ग्रामीण सडकका कारण आएको लेदोले दुइटा बस र यात्रु त्रिशूली नदीमा बगाएको सरकारले गठन गरेको कार्यदलले निष्कर्ष निकालेको छ । कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना गत असार २८ बिहान त्रिशूलीमा दुइटा बस खसेको स्थान ।तस्बिर : रमेशकुमार/कान्तिपुर कार्यदलले दुर्घटनास्थलभन्दा माथि पहाडी क्षेत्रमा हालसालै ग्रामीण सडक (सिमलताल–बाङ्गेसाल–डुम्रे गाउँ) खनिएको, सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा उचित इन्जिनियरिङ डिजाइनबिना सडक खनिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो छेउमा त्यसै फालेको पनि प्रतिवेदनमा उल्लेख छ । सडकमा कुनै टेवा पर्खाल निर...
बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

समाचार, समाज, समाज / जिवनशैली
२२ साउन, काठमाडौं । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्...
गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।...
बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

बाढी आउनेबित्तिकै डुब्छ ललितपुरको आधारभूत स्वास्थ्य केन्द्र

समाचार, समाज, समाज / जिवनशैली
२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले मंगलबार पनि ललितपुर महानगरपालिका-१ को आधारभूत स्वास्थ्य केन्द्र डुबानमा परेको छ । केन्द्रको परिसरमा घुँडा घुँडासम्म पानी जमेको छ । यो भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र छ भने माथिल्लो तलामा वडा कार्यालय छ । केन्द्रका इन्चार्ज मधुकरमणि आचार्यका अनुसार अहिले पानी परिरहेका कारण भित्र गएर सफा गर्ने अवस्था छैन । ‘अफिस भित्र राखिएको टेबुलसम्म पानी जमेको छ । अब बाहिर भएको पानीलाई हटाउने काम गर्छौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘आजमात्रै होइन, यसवर्ष तीन पटकभन्दा बढी पानी पसिसकेको छ ।’ भित्र गएर नहेरका कारण अहिले नै कति क्षति भयो भन्ने यकिन नभएको उनले बताए । ललितपुर-१ की ६५ वर्षीया एक वृद्धा टाउको दुखेपछि मंगलबार आधारभूत स्वास्थ्य केन्द्रमा परीक्षण गर्न आएकी छन् । केन्द्र आफैं डुवानमा परेकाले सेवा दिन सक्ने अवस्था छैन । ‘७ दिन अग...
एक हप्ताभित्रै दुई पटक बाढी, खोला किनारमा सधैं डर

एक हप्ताभित्रै दुई पटक बाढी, खोला किनारमा सधैं डर

समाचार, समाज, समाज / जिवनशैली
२२ साउन, काठमाडौं । पछिल्लो एक महिनामा तीन पटक ठूलो बाढी आएपछि उपत्यकाको खोला किनारका बस्तीहरु नराम्ररी प्रभावित भएका छन् । २२ असार, १६ साउन र मंगलबार २ साउनमा गरी तीन पटक आएको ठूलो बाढीले खोला किनारमा रहेका कार्यालय, गोदाम, व्यापार–व्यवसाय र घर तथा बसोबासस्थल तहसनहस पारेको छ । मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायतका क्षेत्रलाई बढी प्रभावित पारेको छ । बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायतका संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेल मैदान आदि बाढीले प्रभावित पार्ने मुख्य स्थल हुन् । यी ठाउँमा सयौं सर्वसाधारणको बसोबासस्थल पनि बाढीले ...
काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

समाचार, समाज, समाज / जिवनशैली
२१ साउन, काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरे । मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो । ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् । कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ । यस आयोजनामा क...
नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

समाचार, समाज, समाज / जिवनशैली
२० साउन, चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब साढे ५ बजेको समयमा भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा हिँडिरहेका बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको मुख र हातमा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरको टोली र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । नजिकैको नरकटको घारीमा बाघ लुकेको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्र...
आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा बिदा

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा बिदा

समाचार, समाज, समाज / जिवनशैली
२० साउन, काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूप...