११ कार्तिक, बुटवल । बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त साधारणसभामा अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रामकृष्ण शर्माले सेयर सदस्य तथा बचत कर्ताको रकम सुरक्षित रहेको बताउदै ढुक्कसँग संस्थामा कारोबार गर्न आग्रह गरेका छन् ।
अहिले सहकारी क्षेत्रमा कालो बादल मडारिएको बताउदै सहकारीहरु प्रति आम नागरिकहरुको हेर्ने दृष्टिकोण फरक देखिएको बताए।

अहिले राष्ट्रव्यापी सहकारी पिडितहरुको आन्दोलन चलेको बताउदै तत्काल सहकारीमा बचत गरेका बचत कर्ताहरुको रकम फिर्ता गर्न माग समेत गरे ।

बाहिरका सहकारीहरुको हल्लाको पछि नलाग्न आफ्ना सेयर सदस्यहरुलाई आग्रह गर्दै सबै सुचाङकहरुले सिरसिरे सहकारी राम्रो भएको पुष्टि गरेको अध्यक्ष शर्माले स्पष्ट पारे ।

आफ्नो सहकारीले मुख्यतः कृषि तथा उत्पादन क्षेत्रलाई प्रार्थमिकता दिएको बताउदै प्रत्येक सेयर सदस्यहरुलाई उत्पादन क्षेत्रमा लाग्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0