काठमाडौँ । देशभर २० प्रतिशतले फूलको कारोबार वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ७ करोड कारोबारको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १९.८६ले वृद्धि ३ अर्ब ६८ करोड भन्दा बढी फूलको कारोबार भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार भएको छ भने आयत तर्फ २७ करोड ७९ लाख ५ हजारको कारोबार रहेको छ ।

यस्तै, गत वर्ष ४८ जिल्लामा पुष्प व्यवसाय रेहेकोमा यो वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बाँके गरी ५२ जिल्ला पुगेको छ । देशभर लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दा बढी (नर्सरी–५३०, कट फ्लावर उत्पादक– ९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरू संलग्न छन् ।

पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढी रहेको फ्यानको भनाई छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ५१ हजार ५०० बढी जनशक्तिहरू रोजगारमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0