१६ पुस, काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमा सहभागी हुन आधा दर्जनभन्दा बढी देशका प्रकाशक तथा लेखकहरु काठमाडौं आइसकेका छन् ।

प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बंगलादेशका प्रकाशक तथा लेखकहरु काठमाडौं आइसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए । मंगलबार साँझसम्म अझै केही विदेशी लेखक प्रकाशहरु थपिन सक्ने उनले बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजना गर्न लागिएको यो प्रदर्शनी पुस १७ गतेदेखि २१ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा १ सय ५० स्टलहरू रहने छन् । त्यहाँ शैक्षिक सामग्री पनि प्रदर्शनीमा राखिने महासंघका महासचिव विष्णु प्रसाद पौडेलले बताए । प्रदर्शनीको सबै तयारी पूरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0