८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेट गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादवसँग भेट गरेर आफ्ना समस्या राखेका थिए ।

लगत्तै उनले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे । ‘बजेट सुनिश्चितता गरिदिनुपर्छ भनेका छौं,’ मेयर साम्पाङले भने, ‘हामी सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउँछौं भन्नुभएको छ ।’

उनले अघि भने, ‘डीपीआर ५ अर्बको कुरा छ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो ।

धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए । साथै, उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई एउटा पत्र बुझाउँछु,’ अर्थ मन्त्रालयबाट निस्किएर उनले सञ्चारकर्मीसँग भने । उनले आफ्नो कार्यकालमा जसरी पनि धरानका स्थानीयलाई पानी खुवाउने वाचा गर्दै पछिसम्मका लागि सोच्दै आफू सिंहदरबार आएको बताए ।

‘पानीको मुद्दालाई राजनीतिक मुद्दा खानेपानी चाहिँ सरकारले तुरुन्तै बनाउनुपर्छ । खानेपानी विकास होइन, म विकास माग्न आएको होइन,’ साम्पाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0