८ माघ, काठमाडौं । ललितपुरको च्यासलमा २३ वर्षीय विद्यार्थी नयन गुरुङको हत्या आरोपमा पक्राउ परेका दुईमध्ये एकजना कारागार चलान भएका छन् । अर्का धरौटीमा रिहा भएका छन् ।

कारागार चलान हुनेमा २६ वर्षीय हेमराज भट्ट छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको ६ माघको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
अर्का प्रतिवादी जनकबहादुर तामाङलाई भने ४० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उनी धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका गुरुङको ८ पुसमा हत्या भएको थियो । हत्या आरोपमा ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेको काउन्टरमा काम गर्ने हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ घर भई सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङ पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धानपछि भट्टलाई मुख्य प्रतिवादी र तामाङलाई मतियार बनाएर मुद्दा दर्ता भएको थियो । अनुसन्धानको क्रममा बिल तिर्ने विषयमा विवाद हुँदा भट्टले चक्कु प्रहार गरेको खुलेको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सोही राति बी एन्ड बी अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0