११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा कर लगाउने आफ्नो निर्णय सही भएको जिकिर गरेका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले चीनबाट आयात हुने सामानमा चर्को कर लगाउने आफ्नो घोषणाको बचाउ गरेका हुन् ।
‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र तिनीहरूले त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छन्,’ उनले भनेका छन् ।
‘तपाईंको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्बन्ध कस्तो छ?,’ भन्ने फक्स न्यूजको प्रश्नमा ट्रम्पले सी जिनपिङसँग भर्खरै कुरा भएको र त्यो राम्रो र मित्रवत् रहेको टिप्पणी गरेका छन् ।
’कोरोनाभाइरसको प्रकोप अघि हाम्रा सम्बन्धहरू धेरै राम्रो थिए’ उनले थपे, ’चीन एक महत्वाकांक्षी देश हो र राष्ट्रपति सी पनि महत्वाकांक्षी व्यक्ति हुन्। उनी मेरो साथीझैं थिए र हाम्रो सम्बन्ध धेरै राम्रो थियो।’
ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने बताउँदै आएका छन् ।