२६ भदौ, काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो ।
प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार यस वर्ष श्रम बैंकमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको हो । ‘यसबाहेक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी प्रदान गरियो’, उनले भने, ‘यस आर्थिक वर्षमा प्रदेश सरकारबाट शिफारिस भएर आएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको छ ।’
महानगरले बुधबार काठमाडौं प्लाजास्थित सभाहलमा आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षामा विभागस्तरीय छलफल गरेको हो ।
@अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1