Author: Admin

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

समाचार
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउन आदेश गरेको थियो। बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए। न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ। ला...
ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

समाचार, समाज / जिवनशैली
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...
रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

रेमिट्यान्स पाउने घरपरिवार ७६.८ प्रतिशत, लुम्बिनी सबैभन्दा अघि

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — मुलुकमा रहेका ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये करिब ७६.८ प्रतिशतले रेमिट्यान्स प्राप्त गर्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणले नेपालमा रहेका कुल घरपरिवारमध्ये करिब ५१ लाख १५ हजार ५ सय २६ वटाले रेमिट्यान्स प्राप्त गर्दै आएको देखाएको हो । दशकअघिको तुलनामा रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको संख्या करिब २१ प्रतिशत विन्दुले बढेको हो । दशकअघि नेपालका ५५.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका थिए । यस अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै अध्ययनका लागि बाहिरिने नेपालीले पनि घरमा पैसा पठाउन थालेकाले रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार संख्या बढेको अध्ययनको निष्कर्ष छ । आर्थिक वर्ष सन् १९९५/९६ मा २३.४ प्रतिशत र आर्थिक वर्ष २००३/०४ मा ३१.९ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दै आएका ...
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने

गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने

स्थानिय तह / प्रदेश
४ असार, गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाले ३५८ बोट बरपिपल रोप्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था मार्फत बरपिपल रोपण गर्न लागेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नै वरपिपल रोप्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पछिल्लो समय सडक विस्तार र विभिन्न कारणले बरपिपल मासिँदै गएका छन् । पर्यावरणीय हिसाबले पनि पिपलको महत्वपूर्ण मानिन्छ । पालिकाले गएको भदौ १९ गते गाउँ कार्यपालिकाको निर्णय बमोजिम वडानम्बर- १ मा १०८ बोट र अन्य ५ वटा वडाहरुमा ५० बोटका दरले बरपिपल रोप्ने निर्णय गरेको थियो । विरुवा रोप्न गाउँपालिकाले टोल विकास संस्थालाई सम्झौता गर्न आग्रह गरेको छ । बरपिपल रोप्नका लागि प्रतिबोट खर्च २ हजार रकम विनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताए । विनियोजन भएको रकमबाट विरुवा र मल खरिद, उपयुक्त खाडल र संरक्षणको लागि फलामे जाली लगाउ...
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

आर्थिक / ब्यापार, समाचार
३ असार, काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलिय पदार्थको ढुवानी रोकेको थियो । मजदुरहरूले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार निय...
२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

२ महिनामै २४ करोडको अनलाइन जुवा, ६ युवक पक्राउ

अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । वुल्फ ७७७ अनलाइन क्यासिनोमार्फत उनीहरुले अनलाइन जुवा खेलाएको पाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताए । विभिन्न व्यक्तिहरुको बैंक खाताको क्युआर कोड सामाजिक सञ्जालमार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप उनीहरुमाथ...
ललितपुरमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको आशंका

ललितपुरमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको आशंका

अपराध / प्रशासन
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा ट्विस्ट आएको छ । २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् । रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या ...
भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं। ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक क्रिप्टोको कारोबारी रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फ भएको देखिएपछि चिनियाँ नागरिक सोनाम गुरुङको संलग्नता खुलेको थियो । सेराप र शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनामलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति पक्राउ गरेको हो । यसअघि सुन तस्करीको आरोपमा भारतीय नागरिक सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथिकै अनुसन्धानमा सुनको भुक्तानी क्रिप्टोमार्फत सोनमलाई गर्ने गरेको खुलेपछि सीआईबीले आइतबार राति काठमाडौं-६ स्थित उनको डेराबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार सिदार्थको मोबाइलमा भेटिएका कुराकानीले सुनको भुक्तानी सोनमलाई क्रिप्टोमार्फत गरेको खुलेपछि प्रहरी उनको डेरामा पुगेको थियो । टेपले बेरेर राखेको अवस्थामा प्रहरीले ६ वटा ...
कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

समाचार, समाज / जिवनशैली
काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । के हुन्छ सजाय ? नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न...
बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

राजनीति
३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताएका छन् । चितवनमा पत्रकारहरुले ओलीले बजेटप्रति राखेको धारणाबारे प्रधामन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’मात्रै गरेको प्रतिक्रिया दिए । ‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन’, उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।...