Author: Admin

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

समाचार, समाज / जिवनशैली
काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । के हुन्छ सजाय ? नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न...
बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

बजेटमा ओलीको विरोधबारे प्रधानमन्त्रीको प्रतिक्रियाः विरोध गर्‍याजस्तोमात्रै हो, साँच्चै होइन

राजनीति
३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले बजेटप्रति पोखेको असन्तुष्टिमा सत्यता नभएको बताएका छन् । चितवनमा पत्रकारहरुले ओलीले बजेटप्रति राखेको धारणाबारे प्रधामन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’मात्रै गरेको प्रतिक्रिया दिए । ‘उहाँले विरोधजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन’, उनले भने । उनले हालको सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।...
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

समाचार, समाज, समाज / जिवनशैली
२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’ जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि ...
पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ । पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो/फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही ग...
मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

समाज / जिवनशैली
२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ । महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ । कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा...
पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

समाज / जिवनशैली, स्वास्थ्य
भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी मारेर बसेर ? आयुर्वेदका अनुसार भुईंमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ । यसरी पलेंटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ । यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ । किन राम्रो पलेंटी कसेर बसेर खानु ? मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ । तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेंटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको ...
बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

आर्थिक / ब्यापार, राजनीति, समाचार
२९ जेठ, काठमाडौं । बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ । मंगलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका त...
असार ७ गते बजेट पारित गर्ने तयारी

असार ७ गते बजेट पारित गर्ने तयारी

आर्थिक / ब्यापार, समाचार
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख ...
गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

राजनीति, समाचार
२९ जेठ, काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । मनाङका स्वतन्त्र सांसद मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।...
संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित

संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित

राजनीति
२४ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ । प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्‍यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे । सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए । मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अ...