परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण : मन्त्रीस्तरीय संयन्त्र निर्माणको सहमति
१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिन लामो चीन भ्रमणको तेस्रो दिन मंगलबार परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलको वार्ता भएको छ ।
वार्तामा यसअघि दुई देशबीचका महत्वपूर्ण विषयहरुमा छलफल गर्नका लागि बनेको सचिवस्तरको संयन्त्रलाई अब परराष्ट्र मन्त्रीस्तरीय बनाउने सहमति भएको छ ।
नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो । यसका १५औं बैठक अघिल्लो वर्षको चैतमा बेइजिङमा भएको थियो ।
उक्त बैठकमा नेपालको नेतृत्व तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व त्यहाँका उपविदेशमन्त्री सन वेइडोङले गरेका थिए । अब भने यो संयन्त्र मन्त्रीस्तरीय बन्ने भएको परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । अर्को छिमेकी मुलुक भारतसँग यस्तो संयन्त्र...