समाचार

नेपाली जनसम्पर्क समिति हङकङको शपथ कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति हङकङको शपथ कार्यक्रम सम्पन्न

समाचार
काठमाडौँ । नेपाली जनसम्पर्क समिति हङकङको १३ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अक्टोबर १ तारिकको दिन हङकङमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जनसम्पर्क समितिमा शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा १३ औँ अधिवेशनबाट कार्यसमिति निर्वाचित भएका थिए ।समितिमा उपसभापति ओमराज गुरुङ र ताहिर खान, महामन्त्रीमा खुसी लिम्बु र भबिन लिम्बु ,सह–महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ ,कोषाध्यक्षमा रामचन्द्र बिक, सहकोषाध्यक्षमा उपेन्द्र बिक, सदस्यहरुमा मिलन गुरुङ ,बिकी गुरुङ लगायत निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शपथ ग्रहण गराएका हुन् । सो क्रममा गुरुङले प्रवासी नेपालीहरूलाई जोड्न जनसमिति महत्त्वपूर्ण भूमिका खेल्ने बताए । @रातोपाटी...
बाढी पहिरो पीडितलाई तत्काल राहत र व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग

बाढी पहिरो पीडितलाई तत्काल राहत र व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग

समाचार
काठमाडौँ । अखिल क्रान्तिकारीले बाढी पहिरो पीडितहरूलाई तत्काल राहत र व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । सो सङ्गठनले प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी क्षति न्यूनीकरण, बेपत्ताहरूको खोजी कार्य, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था र विस्थापितलाई पुनर्स्थापित गर्न समेत माग गरेको छ । बिहीबार अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल राहत तथा पुनर्स्थापना गर्न माग गरेको हो । ‘प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी न्यूनीकरण गर्न, बेपत्ताहरूको खोजी कार्य गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, विस्थापितलाई पुनः स्थापित गर्न सरकारसँग जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । यसैगरी देश र जनता दुःख र सङ्कटको परिस्थितिबाट गुज्रिरहँदा समेत सरकार उदासीन रहेको आरोप लगाएको छ । ‘देशको राजधानीमै लामो समय...
तीनै देशका अधिकारीले भने : बंगलादेश विद्युत् निर्यात सम्झौता ऐतिहासिक

तीनै देशका अधिकारीले भने : बंगलादेश विद्युत् निर्यात सम्झौता ऐतिहासिक

समाचार
१७ असोज, काठमाडौं । नेपाल, भारत र बंगलादेशका अधिकारीहरूले नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भएको त्रिपक्षीय सम्झौता ऐतिहासिक भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए । बीबीआईएन क्षेत्रमा व्यापार साझेदारीमा यो महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । यो पहललाई निष्कर्षमा पुर्‍याउन भारतको सहयोग महत्त्वपूर्ण भएको उनको भनाइ थियो । ‘नेपालका तत्कालीन शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गर्नुभएको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यो सम्झौताका लागि संयुक्त बैठकमार्फत दिशा निर्देश गर्नुभएको थियो । उहाँहरूको पहलले यो सम्भव भएको हो,’ ...
ओलीलाई मोदीको पत्र : विपद्‍का बेला नेपालको साथमा छ भारत

ओलीलाई मोदीको पत्र : विपद्‍का बेला नेपालको साथमा छ भारत

समाचार
१७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए । नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् । @अनलाइनखबर...
कोशीको बाढीले अवसर: दाउरा संकलन गरेर घरखर्च

कोशीको बाढीले अवसर: दाउरा संकलन गरेर घरखर्च

समाचार
१७ असोज, धरान । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ । बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्छन् । उनले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट संकलन गर्दै आएका छन् । संकलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उनको पेसा हो । यसपटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उनले बताए । खाना पकाउनेदेखि आफूले पालेको १५ सुङ्...
भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि वीपी राजमार्ग खुल्दैन

समाचार
१६ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा ख...
नेपाल र बंगलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

नेपाल र बंगलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

समाचार
काठमाडौँ । नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । ऊर्जामन्त्री दीपक खड्का र बंगलादेशी उर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो । सम्झौता अनुसार प्रारम्भिक चरणमा बंगलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ । यसको आपूर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरि...
माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर सुर्खेतमा एकको मृत्यु

माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर सुर्खेतमा एकको मृत्यु

समाचार
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योति ओली रहेकी छन् । सुर्खेत प्रहरीका अनुसार ज्योति बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो ल्याउन गएकी थिइन् । खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए । @रातोपाटी...
काभ्रेका बाढी पहिरो पीडितलाई प्रारम्भिक राहत वितरण गरिँदै

काभ्रेका बाढी पहिरो पीडितलाई प्रारम्भिक राहत वितरण गरिँदै

समाचार
काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चौंरीदेउराली गाउँपालिकाले रु ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ । उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाले विपद्मा परी घर क्षति भई खानबस्न समस्यामा परेका परिवारलाई क्षतिको विवरण सङ्कलन गरी पुनःनिर्माणमा लागिने निर्णय भएको प्रवक्ता धनबहादुर तामाङले बताए । यस्तै गाउँपालिकामा अवरुद्ध मुख्य सडक खुलाउने र क्रमशः बाँकी शाखा सडक खुलाइने जनाइएको छ । पनौती नगरपालिकाले प्रतिमृतक परिवारलाइ तत्काल रु २५ हजार राहत प्रदान गर्ने निर्णय गरेको छ । नगरले तत्कालका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिको सहयोगमा सङ्कलित राहतबाट प्रतिपरिवार दुई थान त्रिपाल, चामल एक बोरा (२५ किलो), तीन साबुन, एक लिटर तेल प्रदान गरेको छ । अविरल वर्षापछिको बाढीपहिरोका कारण बढी मानवीय र भौतिक क्षति भएको पनौती नगरले विपद् पछिको ...
ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

समाचार
१७ असोज, सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर बिहिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रन वीर विश्वकर्माले जानकारी दिए । प्रहरीका अनुसार ज्योती खोलाको छेउमा माटो खन्न गएकी थिइन् । मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको प्रहरीले जनाएको थियो । @अनलाइनखबर...