स्वास्थ्य

गाडी चालकलाई कुन-कुन रोगको जोखिम हुन्छ ?

गाडी चालकलाई कुन-कुन रोगको जोखिम हुन्छ ?

स्वास्थ्य
कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगल् सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम गर्ने, उद्योगमा काम गर्नेहरुमा पनि विभिन्न रोगको जोखिम हुन्छ । यस्तै दिनभर सवारी साधन चलाउने चालकलाई नसा च्यापिनेदेखि मूत्रनलीको समस्यासम्म हुनसक्छ । लामो समयसम्म एउटै पोस्चरमा बसेर स्टेरिङ चलाउँदा विभिन्न स्वास्थ्य समस्या चालकमा देखिन सक्छ । नसा च्यापिने समस्या : गाडी चालकमा देखिने पहिलो समस्या नसा च्यापिने हो । यसको मूल कारण भनेकै खराब पोस्चर अर्थात् लामो समय एउटै पोस्चर बस्नु हो । चालकले आफ्नो निश्चित गन्तव्य नपुग्दासम्म एउटै पोजिसनमा बसेर गाडी हाँक्ने गर्छन् । लामो दुरीको बस वा ट्रक चलाउने चालकले लामो समयसम्म एउटै पोजिसनमा भएर गाडी चलाएका हुन्छन् । जसकारण ढाड, गर्दनको नसा च्यापिने समस्या हुन्छ । कम्मर दुख्ने, ढाड ...
रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टोरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टोरोल)को स्तर बढाउन मद्दत गर्छ । सेतो मासुका स्रोतहरु कुखुरा, हाँस, टर्की र माछा हुन् । ‘यसो भन्दैमा रातो मासु खानै नहुने यसले स्वास्थ्यमा नकारात्मक असर मात्र गर्छ भन्ने पनि होइन,’ पोषणविद् कोइराला भन्छिन्, ‘रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ ।’ उच्च प्रोटिनलाई पचाउन पनि समय लाग...
मासु कति खाने ?

मासु कति खाने ?

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् । दैनिक कति मासु खाने ? मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् । जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा...
भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ । भिटामिन दुई प्रकारका हुन्छन्- पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ । कति चाहिन्छ शरीरलाई ? मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनि...
काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

शिक्षा, समाचार, स्वास्थ्य
५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते...
गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

शिक्षा, समाचार, स्वास्थ्य
गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण हुने सम्भावना आठदेखि १० प्रतिशत बढी हुन्छ । गर्भावस्थामा पिसाबको संक्रमण हुने विभिन्न कारण हुन्छन् । गर्भवती महिलाको इम्युनिटी पावर कम छ, पानी कम पिउँछिन्, गर्भवती महिलाको उमेर बढी छ, पहिलेदेखि नै पिसाबको संक्रमण हुने गरेको छ र आफू बस्ने वातावरण फोहोर छ भने महिलामा पिसाब संक्रमणको जोखिम उच्च हुन्छ । गर्भावस्थामा पिसाब संक्रमण हुने अन्य कारण सामान्यतया पिसाब एसिडिक हुन्छ, जसले संक्रमणबाट बचाउँछ । तर गर्भावस्थामा महिलाको पिसाबबाट सुगर र प्रोटिन निस्किरहेको हुन्छ । शरीरमा विभिन्न प्रकारको हार्मोनल परिवर्तन हुन्छ, जसले गर्दा पिसाबमा एसिडको मात्रा कमी हुन्छ जसले गर्दा पिसाब...
लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्वास्थ्य
४ बैशाख, बुटवल- बुटवल रुपन्देमा Bio - M नामक अर्गानिक Bio लार्भा साइड को लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता श्री रम्भादेबी ट्रेड लिन्क को आयोजना मा अन्तरकृया कार्यक्रम सम्पम्न भएको छ । बिश्वब्यापी रुपमा फरक पद्धतिको बिकास गर्दै बिश्व स्वास्थ्य संगठन (WHO) ले मानव जीवन तथा अन्य प्रा‍णीलाई असर नगर्ने भन्दै उक्त पद्धति प्रयोग गर्न मिल्ने भन्दै स्वीकृत गरेको । विश्वका धेरै देशहरुमा प्रयोग भैरहेको उक्क्त लार्भा साइड भारत सरकारले सफल परिक्षण गर्दै नेपाल सरकाले समेत प्रयोगको लागि सिफारिस गर्दै काठमाडौ महानगरपालिका मदेस प्रदेश सरकारले समेत यस्को प्रयोग बृहत रुपमा लाम्खुट्टे तथा त्यसबाट लाग्ने रोगहरुको पुर्णतः निर्मुल पार्नको लागि यो पद्धति सुरु गरिएको छ । “बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छ...
हर्ट अट्याक लाई निम्तो दिने यस्ता छन् मानिसका ४ बानीहरु, जानी राखौ

हर्ट अट्याक लाई निम्तो दिने यस्ता छन् मानिसका ४ बानीहरु, जानी राखौ

समाचार, स्वास्थ्य
मुटु हाम्रो शरीरको पम्पिङ मेशिन हो । यसले पूरै शरीरलाई रगत पठाउँछ । यही रगतमार्फत शरीरको हरेक अङ्ग–अङ्गमा अक्सिजन र पोषक तत्त्व पुग्छ । तर यो मेशिन बिग्रियो भने के हुन्छ ? पक्कै पनि जीवन नै जोखिममा पर्छ । त्यसैले पनि मुटुलाई बलियो बनाउन जरुरी छ । मुटुको स्वास्थ्यबारे बढी सचेत रहन आवश्यक छ ।तर पछिल्लो समय युवा पुस्ताहरूमा हर्ट अट्याक बढिरहेका छन् । आधुनिक जीवनशैलीमा हाम्रा केही यस्ता बानीहरूले हर्ट अट्याकको जोखिम बढाइरहेका छन् । के हुन् यस्ता बानीहरू ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ । सधैँ तनावमा रहने : अमेरिकी मुटु सङ्गठनका अनुसार तनाव, चिन्ता र डिप्रेसनले मुटुको मांसपेशीमा निकै धेरै क्षति पुर्‍याउँछ । जो मानिसहरू धेरै तनावमा रहन्छन् उनीहरू धेरै रक्सी र चुरोट पनि सेवन गर्न थाल्ने पनि अध्ययनले देखाएको छ । यसले मुटुको सङ्कट झनै बढाउँछ । तपाई पनि आफ्नो मुटुलाई बलियो ब...
उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

समाचार, समाज, स्वास्थ्य
सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको...
स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

राजनीति, समाचार, स्वास्थ्य
२५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र सेवामैत्री तुल्याउन सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान दिन भनेका हुन् । आठौँ स्वास्थ्य बीमा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्ने बताएका हुन् । ‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई सुशासन, सामाजिक न्याय र समृ...